असोज २१, काठमाडौं । गैरआवासीय नेपाली संघले गोरखाको लाप्राकका भूकम्प पीडितहरुका लागि ४ सय ४४ घर बनाउन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मार्फत शिलान्यास गरेको छ ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २१, काठमाडौं । गैरआवासीय नेपाली संघले गोरखाको लाप्राकका भूकम्प पीडितहरुका लागि ४ सय ४४ घर बनाउन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मार्फत शिलान्यास गरेको छ ।<"/>
2026-06-21 06:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लाप्राकबासीका लागि ४ सय ४४ घर, यस्तो बन्नेछ लाप्राकको बस्ति

असोज २१, काठमाडौं । गैरआवासीय नेपाली संघले गोरखाको लाप्राकका भूकम्प पीडितहरुका लागि ४ सय ४४ घर बनाउन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मार्फत शिलान्यास गरेको छ ।

गैरआवासीय नेपाली संघले लाप्राकमा सुविधायुक्त एक हजार नमूना घर बनाइदिने घोषणा गरेको थियो । एनआरएनको गुरुयोजना अनुसार लाप्राकको गुन्सीपाखामा सुविधायुक्त ४ सय ४४ घरको नमूना बस्ती बनाउने भएको छ । एनआरएनले ६१२ घर बनाउन चाहेको भएपनि जग्गा अपुग भएकाले ४ सय ४४ बन्ने भएको छ भने बाँकी १५० घरका लागि नयाँ ठाउँको खोजि हुनेछ ।

आज सोहि कामको सिलान्यासका लागि गोरखाको लाप्राक पुगेका प्रधानमन्त्री प्रचण्डले लाप्राकमा बन्न लागेको एकीकृत बस्ती देशकै नमूना बस्ती हुने बताए । उनले गैरआवासीय नेपाली संघले थालेको यो कामको खुलेर प्रसंशा गरे । 

सिलान्यास कार्यक्रममा बोल्दै एनआरएनका अध्यक्ष शेष घलेले १२ महिनाभित्र लाप्राकबासीलाई नयाँ घरमा सार्ने प्रतिवद्धता व्यक्त गरे । 

कस्तो बन्छ, लाप्राकको एकीकृत बस्ति ?

एनआरएनका अध्यक्ष घलेका अनुसार लाप्राकको नमूना बस्तीमा संघले ४ सय ४४ आधुनिक घर बन्नेछन जसको अनुमानित लागत प्रतिघर ९ देखि १० लाख लागत लाग्ने छ । एकीकृत बस्तीमा विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, स्थानीय जाति, जनजातिको भेषभुषा, संस्कृति र रहनसहन झल्कने एवं प्राकृतिक स्वरुप कायम हुने खालका घरहरुमा बनाइनेछ ।

उक्त बस्तीमा होमस्टे, सामुदायिक गेष्ट हाउस समेत निर्माण गरी व्यक्तिगत र संस्थागत आम्दानीको स्रोत जुटाइनेछ । एकीकृत वस्तीमा संग्रहालय समेत बन्नेछ, जसमा पानी घट्ट, जाँतो, ढिकी, लाइभ प्रोग्राम देखाउन मिल्ने हल, परम्परागत बस्तु र संस्कारबारे सामग्री, मन्दिर, देवल पनि हुनेछन् । साथै बस्तीमा सोलार इनर्जी, अपांगमैत्री संरचना हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ