Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
December 20, 2023 अर्थ/विकास

किसानले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुष ४, काठमाडौँ | किसानले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको मूल्य निर्धारण गरेको हो।

सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्योगले ५६५ रुपैयाँ प्रतिक्विन्टल दिनुपर्ने र उखु किसानलाई सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिने निर्णय भएको बताइन्।

‘यसरी किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ उखुको मूल्य प्राप्त गर्ने गरेर निर्णय भएको छ’, उनले भनिन्।

मन्त्रिपरिषद्को बुधबारको बैठक सिंहदरबारको मुख्य भवनको नयाँ कक्षमा बसेको थियो।