2026-10-11 02:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चितवन क्रिकेट रंगशालाका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट दिने

माघ २३, चितवन | गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमाण अघि बढाउन बागमती प्रदेश सरकारले चासो दिएको छ ।

रंगशाला निमार्णका लागी प्रदेश सरकारले नै बजेट सुनिश्चितता गर्ने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा र स्वास्थ्य मन्त्री उत्तम जोशीले रंगशालाको स्थलगत निरिक्षण गरे पछि बजेट सुनिश्चितताकाे प्रकिया अघि बढेकाे हाे ।

अवलोकन गरेपछि अर्थमन्त्री लामाले बजेट विनियोजनको प्रतिवद्धता जनाएका छन् । प्रदेश सरकारले ७० प्रतिशत बजेट हाल्ने बताएका छन् । अलपत्र परेको रंगशालाको निरिक्षण पछि उनले निमार्ण प्रकृया पुरा गर्न प्रदेश सरकार बजेटका लागी सकारात्मक रहेको बताएका छन् । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई रंगशालामा बजेट पार्ने विश्वास दिलाएका छन् । ‘देशकै गौरवको आयोजना प्रदेशमा छ, यसलाई पुरा गर्नु सबैको दायित्व हो, ’ लामाले भने , ‘ रंगशाला निमार्णमा प्रदेश सरकारको चासो छ ।

‘हामी बजेट सुनिश्चितता गरेरै अघि बढ्छौ, ढुक्क हुनुस् । ’ मन्त्री जोशीले रंगशाला निमार्णको लागी अर्थमन्त्रीलाई आग्रह गरेका थिए । गृह जिल्लामा भएको परियोजनाका लागी आफुले प्रदेश सरकारमा पहल गरेको बताए । ‘ रंगशाला निमार्णमा चासो मात्रै होइन सक्रियता पनि उत्तिकै छ, मुख्यमन्त्री नै यसमा सकारात्मक हुनुहुन्छ, ’ मन्त्री जोशीले भने , ‘यसपटक बजेटबाटै सम्बोधन हुने निश्चित नै छ । ’ महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको भौतिक र आर्थिक अवस्थाबारे जानकारी गराएकी थिइन् । 

उनले बजेटको ब्यवस्था भए अन्तराराष्ट्रिय क्रिकेट रंगशाला निमार्णले गति लिने बताइन् । ‘समग्र मुलुकको गौरवको आयोजना बजेट कै कारण रोकिएको हो । यसलाई पुरा गर्न प्रदेश सरकारसंग हामीले ठुलो आशा गरेका छौं , ’ दाहालले भनिन् , ‘ मन्त्री ज्यूबाट सकारात्मक आश्वासन पाएका छौ । आशा छ रंगशालामा प्रदेश सरकारले राम्रो निर्णय गर्नेछ । ’

उपप्रमुख चित्रसेन अधिकारीले रंगशाला निमार्णमा पाएको आश्वासनले आशा जगाएको बताए । मन्त्री लामासंगै नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ , बागमती प्रदेश सभा सदस्य गिता गुरुङ, माया श्रेष्ठ , भरतपुर महानगरपालिका १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा पनि रंगशाला पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध