2026-10-11 02:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेसनल लाइफ इन्स्याेरेन्सले कमायो नाफा, यस्ताे छ अवस्था

माघ २३, काठमाडौं | नेसनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो  त्रैमाससम्मको वित्तीय विवरण सार्वजनीक गरेको  छ । कम्पनीले उक्त छ महिनामा २५ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १६.९१ प्रतिशतले वृद्धि भएको हो । 

कम्पनीले अघिल्लो वर्ष २१ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो । 

कम्पनीले लगानी तथा कर्जाबाट २ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा १४.२२ प्रतिशतले धेरै हो । गत वर्ष यसले २ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

यसको कुल दावी भुक्तानी ३ अर्ब ७२ करोड ४८ लाख रुपैयाँ रहेको छ । गत वर्ष ३ अर्ब ७६ करोड थियो । हाल यस इन्स्याेरेन्सको चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार रुपैयाँ रहेको छ । यसको रिटेन अर्निङमा ६० करोड १८ लाख छ ।

यसको जीवन बिमा कोषमा ७१ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । पुससम्म यसले ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क कमाएको हो। यो गत वर्षको भन्दा ११.४५ प्रतिशतले धेरै हो । गत वर्ष यसले ७ अर्ब ५३ करोड रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । 

कम्पनीको प्रतिशेयर आम्दानी १०.१८ रुपैयाँ र प्रति शेयर नेटवर्थ १३२.२१ रुपैयाँ रहेको छ । कम्पनीको पिई रेसियो ५९.२२ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १६१०.१५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध