2026-10-11 02:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२४ प्रतिशतले घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या, ६ महिनामा २ लाख बढीले पाए अन्तिम श्रम स्वीकृति

माघ २३, काठमाडौँ | अघिल्लो वर्षको तुलनामा यस वर्षको ६ महिनामा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या २४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको ६ महिनाको तुलनामा यस वर्ष ६७ हजार ६७३ जना कम वैदेशिक रोजगारीमा गएका छन् ।

यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या पनि अघिल्लो वर्षको तुलनामा करिब पाँच प्रतिशत अर्थात ७ हजार ११३ जना कम भएको छ ।पछिल्लो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या दुई लाख नाघेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार पछिल्लो ६ महिनामा संस्थागत एवं व्यक्तिगत गरेर २ लाख ७ हजार ९७० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । यसै अवधिमा एक लाख ३५ हजार ४३५ जनाले संस्थागत तथा व्यक्तिगत पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा दुई लाख ७५ हजार ६४३ जनाले संस्थागत तथा व्यक्तिगत अन्तिम श्रम स्वीकृति लिएका थिए । एक लाख ४२ हजार ५४८ जनाले संस्थागत एवं व्यक्तिगत पुनः श्रम स्वीकृति लिएका थिए ।

यसैबिच वैदेशिक रोजगारीमा जानेको संख्या २४ प्रतिशतले घट्दा रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेर सात खर्ब ३३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले बढेर पाँच अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध