2026-10-11 01:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तेस्रो सर्किट ब्रेकसँगै नेप्से दिनभर बन्द

फागुन २१, काठमाडौं | शेयर बजारमा तेस्रो सर्किट ब्रेकसँगै आज दिनभरीको कारोबार बन्द भएको छ । सोमबार नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आज दिनभरीका लागि कारोबार बन्द भएको हो ।

आज बजार खुलेको तीन मिनेटमै पहिलो सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि बन्द भएको थियो । सेयरबजार खुलेको १ घण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशतले वृद्धि भएमा २० मिनेटका लागि कारोबार बन्द हुने गर्दछ ।

पहिलो सकिर्टपछि शेयर बजार ११ बजेर २३ मिनेटमा खुलेको थियो । दोस्रो सर्किटपछि खुलेको १ मिनेट अर्थात ११ बजेर २४ मिनेटमै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको थियो ।

नेप्सेका अनुसार शेयर बजार खुलेको ३ घण्टाअघि नेप्से परिसूचक ५ प्रतिशतले बृद्धि भएमा कारोबार ४० मिनेटका लागि बन्द हुने गर्दछ । दोस्रो सर्किट ११ बजेर २६ मिनेट लाग्दासम्म ६ लाख ४१ हजार ६८२ कित्ता सेयरको खरिदबिक्री हुदा २६ करोड ३७ लाख १ हजार रुपैयाँको कारोबार भएको थियो ।

दोस्रो सकिर्ट ब्रेक खुलेको एक मिनेट नहुदै तेस्रो सर्किट ब्रेक लगेको हो । तेस्रो सकिर्टमा नेप्से परिसूचक ११७.७० अंकले बढेर २०७८ बिन्दुमा अडिएको छ ।

शेयरबजार खुलेको एक घण्टाअघि नेप्से परिसूचक ४ प्रतिशतले बढ्दा २० मिनेटका लागि कारोबार बन्द हुने गर्दछ भने २ घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि कारोबार बन्द र ६ प्रतिशतले बढेमा दिनभरीको कारोबार नै बन्द हुने गर्दछ ।

यसअघि गत मंसिर २५ गते पनि बजारमा यस्तो सर्किट ब्रेक लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध