2026-09-20 05:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक सातामा तोलामा ६ हजारले बढ्यो सुनको मूल्य, तोलाको कति?

फागुन २५, काठमाडौँ | स्थानीय बजारमा सुनको मूल्य एक सातामा तोलामा ६ हजार रुपैयाँले बढेको छ । यही फागुन १८ गतेयता सुनको मूल्ल लगातार बढेर नयाँ रेकर्ड बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा बिहीबार (हिजो) छापावाल सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भएको छ ।

फागुन १८ गते छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । फागुन २० गते छापावाल सुन प्रतितोला एक लाख २१ हजार, फागुन २२ गते एक लाख २३ हजार र फागुन २३ गते प्रतितोला एक लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४०० रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि एक सातामा तोलामा ८० रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ४७० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

यही फागुन १८ गते चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो