2026-09-08 12:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ

प्रशन्न पोखरेल/कात्तिक ५, गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएको छ । दरबारको जग तथा संरचनामा भूकम्पले क्षति पु¥याएकाले जगैदेखि पुनःनिर्माण गर्नुपर्ने देखिए पनि बजेटको अभाव हुँदा दरबारका मुख्य संरचना र कालिका मन्दिरको पुनःनिर्माण हुन सकेको छैन । 

‘दरबारको गारो जीर्ण भइसक्यो । छानाबाट पानी चुहिन्छ”, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले भन्नुभयो, “तल्लो तलाभन्दा माथिल्लो तला धेरै जीर्ण छ ।” दुईतले दरबारको अधिकांश ठाउँमा सालका काठ प्रयोग गरिएका छन् । भूकम्प गएको १८ महिना हुँदा पनि ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वको दरबार पुनःनिर्माणको काम नभएको हो । 

गोरखा दरबार छेउमा रहेको गुरु गोरखनाथको मन्दिर (गुफा) भने मर्मत गरिएको छ । भूकम्पले पूर्णरुपमा क्षति पु¥याएपछि गोरखनाथ मन्दिर टहरोमा सञ्चालित थियो । 

भूकम्प प्रतिरोधी मन्दिर बनाएपछि नियमितरुपमा पूजाआजा सुरु गरिएको भट्टराईको भनाइ छ । दरबार मर्मत गर्न पुरातत्व विभाग तथा सरकारसँग आग्रह गरेपनि बजेट अभाव हुँदै आएको भट्टराईले बताउनुभयो । 

यसअघि पुरातत्व विभागले दरबारको अवस्थाबारे अध्ययन गरिसकेको छ । अध्ययन गरे पनि बजेटको व्यवस्था नगरेपछि दरबार मर्मत गर्न नसकिएको हो । दसैँका बेला दरबारको दसैँ घरमा सकसपूर्ण पूजाआजा तथा पूmलपाती भित्र्याइएको भट्टराईको गुनासो छ । 

तत्कालीन राजा राम शाहले विसं १६६८ सालमा निर्माण गरेको दरबार भूकम्पपछि जीर्ण हुँदै गएको छ । दरबारमा विसं १७९९ मा पृथ्वीनारायण शाहले राज्याभिषेक गरेको इतिहास छ । 

पुरातत्व विभागले पठाएको बजेटले गोरखनाथ गुफास्थित मन्दिर, दमैपाटीलगायत संरचना मर्मत गरिएको हो । दरबारको जगैदेखि भत्काएर दुरुस्तै पुनःनिर्माण गर्न सकेमा दीर्घकालीनरुपमा दरबारका संरचना राख्न सकिने सरोकारवाला बताउँछन् । दरबार अवलोकनका लागि शैक्षिक भ्रमणमा विद्यार्थी आउने गरेका छन् । 

यस्तै, स्वदेशी तथा विदेशी पर्यटक दरबार अवलोकनका लागि बर्सेनि आउँछन् । दरबारका पुजारी प्रदीपनाथ योगीले ऐतिहासिक महत्वको गोरखा दरबार मर्मतमा सरकारले ढिलाइ गर्न नहुने बताउनुभयो । भावी पुस्ताका लागि ऐतिहासिक धरोहर बचाइराख्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

भूकम्पपछि देशमा भित्रिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाले विभिन्न संरचना पुनःनिर्माणमा सहयोग गर्ने बताएपनि भूकम्पले क्षति पु¥याएका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्पदाको पुनःनिर्माणमा खासै सहयोग गरेका छैनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल