<p><b>फागुन २९, काठमाडौं |</b> नेप्से परिसूचक साढे ५६ अंकले वृद्धि भएको छ । मंगलबार ५६.४६ अंकले बढेको सेयर बजार २१०९.१२ विन्दुमा पुगेर बन्द भएको छ । <br></p><p>यसदिन ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँको कारोबार भएको छ । </p><p>यसदिन २२० कम्पनीको सेयर मूल्य बढ्दा २२ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । </p>
