Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको कति?

By साझासवाल 2 मिनेट पढाइ

जेठ ६, काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार २०० रुपैयाँमा कारोबार भैइरहेको छ ।

यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यसअघि शुक्रबार सुन तोलामा १ लाख ३९ हजार ३०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५०  रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा ११० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।