जेठ १०, काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भैइरहेको छ ।

यसअघि बुधबार सुन तोलामा १ लाख ४० हजार ५०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related News