Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ कार्तिक १० गते, बिहान ९:२९ बजे अर्थ/विकास, सल्यान - SLN

करीब साढे ८ लाखको लगानीमा सल्यानको कोटबारामा खानेपानी आयोजना सम्पन्न

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>खकेन्द्र केसी | कार्तिक १०, सल्यान | चार घण्टाको पैदल बाटो हिडेर खानेपानी ल्याउन जाने सल्यान कोटबारा बासीको समस्यालाई मध्यनजर गरी गरिबी निबारणको ६ लाख २६ हजार र स्थानीयको २ लाख ८ हजार ८५ रुपैया बराबरको सहयोग र जनश्रमदान बाट चिसापनी खानेपानी योजना निर्मान गरी सो आयोजनाको मंगलबार उदघाटण गरीएको छ ।&nbsp;<br></p><p>३१ घरधुरी लाभाम्वीत भएको सो खानेपानी योजनाको उदघाटण कार्यक्रममा &nbsp;गरिबी निवारण कोष सल्यानका उपाअध्यक्ष युवराज पाण्डेको प्रमुख अतिथ्यता रहेको थियो भने स्थानीय विकास अधिकारी रामचन्द्र पौडेलको बिषेश उपस्थीती थियो । त्यस्तै कार्यक्रममा अन्य व्यक्तिहरु शारदा सल्यानका कार्यक्रम संयोजक पवन राज केसी, गरिबी निबारणका कार्यक्रम प्रबन्धक विद्या राज कडेल वन उपभोक्ता माहासघंका प्रेम लाल घर्ति, समाज सेवी निम वहादुर वलि, सुर्यमुखी सामुदायीक सस्थाका अध्यक्ष देविराम वलि लगाएतको उपस्थीति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले कुनैपनि योजना निर्माण गरेर मात्र हुदैन त्यसको मर्मत सम्भारमा बिषेश ध्यान दिनुपर्ने बताएका थिए । &nbsp;&nbsp;</p>