जेठ ३०, काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ६९ हजार ५३९ कित्ता शेयर बिक्रीमा राखेको हो।

यस शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

Related News