2026-06-20 02:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोरखाको दुर्गममा स्वास्थ्य चौकी र विद्यालय भवन बने

कात्तिक १७, गोरखा । चीनको तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको छेकम्पार गाविसमा स्वास्थ्य चौकी भवन र विद्यालय भवनको पुनःनिर्माण गरिएको छ । छेकम्पार बर्थिङ सेन्टर र बुद्ध प्राथमिक विद्यालयको भवन भूकम्प प्रतिरोधी निर्माण गरिएको हो । 

जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरी चेया अस्ट्रियाको आर्थिक सहयोगमा चेया नेपालले भवन निर्माण गरिदिएको जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले बताउनुभयो । ती भवन हालै हस्तान्तरण भएका हुन् । स्वास्थ्यचौकी भवन निर्माणमा रु ४५ लाख लगानी भएको चेया नेपालकी सृष्टि सिलवालले जानकारी दिनुभयो । 

त्यस्तै, विद्यालय भवन भने रु ३३ लाखमा निर्माण सम्पन्न भएको हो । पुनःनिर्माण प्राधिकरणले तोकेको मापदण्डअनुसार भवन निर्माण गरिएका छन् । बाटो अवरुद्ध हुँदा निर्माण सामग्री ढुवानी गर्न हेलिकोप्टरको प्रयोग गरिएको थियो । 

चेया नेपालले स्वास्थ्यचौकीमा दुईजना स्वास्थ्यकर्मी राखिदिएको छ । बुद्ध प्राविमा ५० जना विद्यार्थी पढ्दै आएका छन् । विद्यालय निर्माणपछि टहरोमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ