पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २६, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ ।

आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यस अघि मंगलबार सुन तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।