<p><b>असोज ८, काठमाडौँ ।</b> नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा ५ सयले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । <br></p><p>यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको थियो ।</p><p>त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्यमा तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।</p>
September 24, 2024
अर्थ/विकास
नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
By साझासवाल
2 मिनेट पढाइ









