2026-10-11 09:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दशैँको मुखमा बढ्यो हवाई भाडा, किन बढ्छ दशैँको समयमा हवाई भाडा?

असोज ११, काठमाडौँ ।  दशैँ सुरु हुन अब एक सातामात्रै बाँकी छ, र चाड मनाउन देशभरका ८० लाख मानिस आवतजावत गर्ने अनुमान गरिएको छ। अधिकांश नेपाली सडकमार्ग हुँदै घर फर्किन्छन्, तर मध्यमवर्गीय परिवारमा हवाई यात्रा लोकप्रिय बन्दै गएको छ। यस वर्ष लगभग एक लाख मानिसले दशैँका बेला हवाईमार्ग रोज्ने अपेक्षा गरिएको छ।

हवाई टिकटको चाप र मूल्य वृद्धि नेपालका आन्तरिक वायुसेवा कम्पनीहरूले दशैँ लक्षित टिकट बेच्न व्यस्त छन्। बुद्ध, यति, र श्री एयरलाइन्सले हालसम्म ८०% भन्दा बढी टिकट बुक भएको दाबी गरेका छन्। अहिले सबैभन्दा बढी उडान काठमाडौं, पोखरा, विराटनगर, नेपालगञ्ज, धनगढी, भद्रपुर, र भैरहवामा भइरहेको छ। बुद्ध एयरसँग १८ वटा, श्री र यति एयरलाइन्ससँग समान ८ वटा विमान छन्। दैनिक १७० भन्दा बढी उडान हुने नेपालमा दशैँको चापसँगै अधिकांश टिकटहरु बिक्री भइसकेका छन्।

तर, दशैँको समयमा हवाई टिकटको भाडा दोब्बरसम्म बढेको छ। यति एयरलाइन्सका अधिकारीहरूका अनुसार टिकट बिक्री तोकिएको उच्चतम भाडादरमा भइरहेको छ, तर यात्रीहरूले महँगो टिकट खरीद गर्न बाध्य भएका छन्।

किन बढ्छ दशैँको समयमा हवाई भाडा?

 नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेका अनुसार हवाई भाडा तीन वर्षदेखि स्थिर रहेको छ। यात्रुको चापका कारण दशैँमा हवाई भाडा तोकिएको उच्चतम बिन्दुमा पुगी, चाडपर्वको समयमै टिकट महँगो हुने गर्छ। दशैँमा काठमाडौंबाट बाहिर जाने यात्रुहरू बढी हुने र रित्तो जहाज फर्काउनु पर्ने हुँदा भाडा स्वाभाविक रूपमा बढ्ने बताइएको छ।

कुन गन्तव्यको भाडादर कति ?

नियामक नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले आन्तरिक हवाई भाडा निर्धारण गर्ने गर्छ । यसरी निर्धारण भएको भाडादर ‘हवाई भाडा नियमन निर्देशिका, २०७३’ बमोजिम कार्यान्वयन गर्छ ।

क्यानले आन्तरिक विमानस्थलहरूलाई ट्रङ्क, टूरिस्ट र स्टोल गरी तीन समूहमा विभाजन गरी हवाई भाडा तोक्ने गर्छ । तोकिएको भाडामा इन्धनको मूल्यअनुसार ‘सजचार्ज’ पनि जोडिन्छ ।

नेपालको आन्तरिक उडानमा अहिले सबैभन्दा महँगो हवाई भाडा काठमाडौं–धनगढीको छ । अन्य समयमा सात हजार ९०० रूपैयाँ सम्ममा यात्रा गर्न सकिने यो गन्तव्यमा दशैँको छेकोमा भाडादर ११ हजार रुपैयाँ नाघिसकेको छ ।

नेपालका आन्तरिक हवाई गन्तव्यमा तोकिएको सबैभन्दा बढी भाडादर अर्थात् १७ हजार रुपैयाँ काठमाडौं–धनगढीकै हो । काठमाडौं–सुर्खेतको हवाई टिकट अन्य बेला सरदर सात हजार रुपैयाँमा पाइन्छ । यतिबेला भने न्यूनतम भाडा नौ हजार रुपैयाँभन्दा बढी पुगिसकेको छ ।सो रुटको अधिकतम हवाई भाडा १४ हजार २७ रूपैयाँ हो ।

काठमाडौं–नेपालगञ्ज हवाई भाडा पनि अहिले न्यूनतम नै सात हजार ५०० रुपैयाँ छ । यो गन्तव्यको अधिकतम भाडा १३ हजार २६४ रुपैयाँसम्म तोकिएको छ । अन्य समयमा नेपालगञ्ज पुग्ने भाडा भने ६ हजार ६०० रुपैयाँमात्र हो ।

दशैँको समयमा काठमाडौंदेखि झापास्थित भद्रपुर विमानस्थलसम्मको न्यूनतम हवाई भाडा आठ हजार ९०० र अधिकतम १२ हजार २५९ रूपैयाँ तोकिएको छ । काठमाडौंदेखि विराटनगर जानका लागि अन्य समयमा साढे पाँच हजार भाडा लाग्ने गरेकोमा दशैँका बेला न्यूनतम ६ हजार ५०० देखि अधिकतम नौ हजार ९०३ रूपैयाँ कायम भएको छ ।

यतिखेर काठमाडौं–भैरहवा हवाई भाडा आठ हजार रुपैयाँसम्म पुगेको छ । तर, अन्य समयमा भने यो रुटको हवाई भाडा पाँच हजार रुपैयाँ हो ।

दशैँका बेला काठमाडौं–पोखरा हवाई भाडा न्यूनतम ४४ सयदेखि अधिकतम ६ हजार ७१० रूपैयाँसम्म तोकिएको छ । काठमाडौंदेखि जनकपुरसम्मको हवाई भाडा अन्य समयमा ४ हजार ३०० रूपैयाँसम्म लाग्छ । दशैँको समयका लागि न्यूनतम ४ हजार ५०० र अधिकतम ५५ सय ३५ रूपैयाँ भाडा लाग्ने भएको हो ।

नेपालभर हाल तीन क्षेत्रीय अन्तरराष्ट्रियसहित ५३ विमानस्थल छन् । तर निर्माण भएकामध्ये ३३ विमानस्थल सञ्चालनमा छन् । औंलामा गन्न सकिने बाहेक सञ्चालनमा रहेका भनिएका विमानस्थलको पनि पूर्ण क्षमता उपयोग हुन सकेको छैन । सार्वजनिक यातायात र हवाई यात्रामा समान सास्ती चाडबाडका बेला सार्वजनिक यातायातमा भाडा अस्वाभाविक रूपमा बढेको र टिकट पाउन मुस्किल हुने जस्तै अवस्था हवाई यात्रामा पनि देखिन्छ। यात्रुहरूले समयमै टिकट नपाउने डरले अगाडि नै बुकिङ गरिरहेका छन्, तर मूल्यको वृद्धिले आर्थिक भार थपिएको गुनासो गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध