2026-06-17 11:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्थानीय निकायको पुनः संरचनामा सहमति, चितवनमा सात तह निर्धारण

कार्तिक २१, चितवन । चितवन जिल्लाको स्थानीय निकाय पुनः संरचनामा लामो समयपछि सहमति जुटेको छ । स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिका अनुसार जिल्लामा सातवटा स्थानीय निकाय बनाउने गरी दलबीच सहमति भएको हो । 

शनिबार सो सहमतिलाई स्थानीय निकाय पुनः संरचना आयोगमा बुझाउने तयारी गरेको प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । आयोगले चितवनमा बढीमा नौ प्रदेश हुने जनाएपछि पुनः छलफल गरी सहमति जुटाइएको हो । 

यसअघि झोरलाङ चेपाङ गाउँपालिकासमेत हुने गरी दुई तहको खाका तयार पारेर पेस गरिएकामा चारदेखि १२ वटा तह हुने गरी दलबाट आ–आफ्नै सुझाव पेस भएको थियो । अहिले पुनः छलफल गरेर स्थानीय निकायको टुङ्गो लगाइएको पोखरेलले बताउनुभयो । दलबीच भएको सहमतिअनुसार भरतपुर उपमहानगरमा चितवन र नारायणी नगरपालिका जोडेर महानगर बनाउने प्रस्ताव छ । 

यस्तै राप्ती नगरपालिकामा लोथर र कोराक तथा कालिका नगरपालिकामा सिद्धि गाविसलाई जोड्ने सहमतिमा उल्लेख छ । माडी, रत्ननगर र खैरहनी नगरपालिकालाई यथावत् राखिएको छ भने पहाडी गाविस काउले, दारेचोक, कविलास, चण्डिभञ्याङ, दाहखानी गाविस जोडेर नयाँ इच्छाकामना नगरपालिका थप गरिएको छ । 

यसअघि प्राविधिक सहमतिले चेपाङ स्वायत्त गाउँपालिका झोरलाङसहित जिल्लामा पाँच देखि सात स्थानीय निकाय बनाउने प्रस्ताव असफल भएकाले अब सन्दर्भ सामग्रीमा मात्रै रहेको समितिका संयोजक पोखरेलले बताउनुभयो । सो समयमा नेपाली काँग्रेसले १२ वटा स्थानीय तह बनाउनुपर्ने प्रस्ताव ल्याएकामा सबै बीच सहमति भएकाले अहिले आफूहरु पनि सात तहमा सहमति जनाएको काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभयो । पहिले काँग्रेस, माओवादी केन्द्र, राप्रपा र राप्रपा नेपालले १२ स्थानीय निकायको खाका प्रस्तुत गरेका थिए । 

नेकपा (एमाले)ले ६ तथा मालेले चार र जनशक्ति पार्टीले पाँच तहको खाका ल्याएको थियो । नेकपा ९माओवादी केन्द्र०का नेता घनश्याम दाहल अविनाशले पहिचानसहितको स्थानीय निकाय पुनः संरचना गर्नुपर्ने मागसहित आफूहरुले पनि समग्रतामा सात स्थानीय निकायमा सहमति जनाएको बताउनुभयो । 

नेकपा ९एमाले० चितवनका अध्यक्ष जेएन थपलियाले जिल्लास्तरबाट सबै दलको सहमति आएकाले आफूहरुले ६ तहको खाका बनाए पनि सातमा सहमति जनाएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु