२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

३५ दिन भित्र आचारसंहिता विपरीत बनेका घर भत्काउनुपर्ने

२ मंसिर २०७३, बिहीबार १३:५०

मङ्सिर २, पोखरा । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले आचारसंहिता विपरीत बनेका घर भत्काइने चेतावनी दिनुभएको छ । 

पोखरा नगर रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (सिटी रेबान)द्वारा आजदेखि पोखरा रङ्गशालाको प्राङ्गणमा सुरु भएको पाँचौँ सिटी रेबान महोत्सव तथा फुड फेस्टिबलको उद्घाटन गर्दै उहाँले जथाभाबी बनाइएका घर ३५ दिनभित्र आफै नभत्काए आफू जो कोहीको राजनीतिक दबाबमा नपर्र्ने बताउनुभयो । नियम विपरीतका काम कसैको प्रलोभन र कुनै पनि शक्तिले प्रभावित पार्न सक्दैन भन्दै मन्त्री केसीले सरकार जनताको भावनानुसार निर्णय गर्छ भन्नुभयो । 

उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यासको काम अब छिट्टै अघि बढ्ने बताउँदै पोखरा र लेखनाथ नगरपालिकालाई मिलाएर पोखरा उपत्यका प्राधिकरणको गठन गरी गुरुयोजना बनाएर समग्र विकास गरिने जानकारी गराउनुभयो । 

सो अवसरमा सांसद शारदा पौडेलले महोत्सवले पर्यटन व्यवसाय फस्टाउनाका साथै पोखराको चिनारी गराउन टेवा पुग्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले राजनीतिक समस्या समाधान नभएसम्म संविधान कार्यान्वयन अघि नबढ्ने विचार व्यक्त गर्नुभयो । महोत्सव यही मङ्सिर १२ गतेसम्म चल्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…