२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

३५ दिन भित्र आचारसंहिता विपरीत बनेका घर भत्काउनुपर्ने

२०७३, २ मंसिर बिहीबार १३:५०

मङ्सिर २, पोखरा । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले आचारसंहिता विपरीत बनेका घर भत्काइने चेतावनी दिनुभएको छ । 

पोखरा नगर रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (सिटी रेबान)द्वारा आजदेखि पोखरा रङ्गशालाको प्राङ्गणमा सुरु भएको पाँचौँ सिटी रेबान महोत्सव तथा फुड फेस्टिबलको उद्घाटन गर्दै उहाँले जथाभाबी बनाइएका घर ३५ दिनभित्र आफै नभत्काए आफू जो कोहीको राजनीतिक दबाबमा नपर्र्ने बताउनुभयो । नियम विपरीतका काम कसैको प्रलोभन र कुनै पनि शक्तिले प्रभावित पार्न सक्दैन भन्दै मन्त्री केसीले सरकार जनताको भावनानुसार निर्णय गर्छ भन्नुभयो । 

उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यासको काम अब छिट्टै अघि बढ्ने बताउँदै पोखरा र लेखनाथ नगरपालिकालाई मिलाएर पोखरा उपत्यका प्राधिकरणको गठन गरी गुरुयोजना बनाएर समग्र विकास गरिने जानकारी गराउनुभयो । 

सो अवसरमा सांसद शारदा पौडेलले महोत्सवले पर्यटन व्यवसाय फस्टाउनाका साथै पोखराको चिनारी गराउन टेवा पुग्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले राजनीतिक समस्या समाधान नभएसम्म संविधान कार्यान्वयन अघि नबढ्ने विचार व्यक्त गर्नुभयो । महोत्सव यही मङ्सिर १२ गतेसम्म चल्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल