2026-09-08 11:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिन्धुलीको ग्रामीण क्षेत्रमा पनि पुग्यो पहिलोपटक पाइटल थ्रेसर

मङ्सिर ६, सिन्धुली । सिन्धुलीको ग्रामीण क्षेत्रका किसान पाइटल थ्रेसरबाट धान झार्ने अभियानमा लागेका छन् । अघिल्ला वर्षमा ज्यामी नपाएर खेतमै धानको कुन्यू लगाएर राख्ने किसानले यतिबेला आधुनिक पाइटल थ्रेसरबाट धान झार्न लागेका हुन् । 

सानो र हलुका हुने पाइटल थ्रेसर मोटरबाटो नपुगेको दुर्गम भेगमा समेत सजिलै लैजान सकिने भएकाले यसमा किसानको आकर्षण बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

अहिले पाइटल थ्रेसरले किसानलाई धान झार्न सहज बनाएको कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विजय मण्डलले बताउनुभयो । उहाँले भन्नुभयो – “तौल कम र सानो आकारको भएको हुँदा १३/१४ वर्षका बालबालिकादेखि महिलाले पनि चाहे सजिलै चलाउन सक्छन् ।” यो मेसिन खुट्टाले चलाएर धानका बालाबाट धान झार्न सकिन्छ । 

कृषि विकास कार्यालयले यस वर्ष ३० वटा पाइटल थ्रेसर ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गर्ने लक्ष्य लिएको थियो । लक्ष्यअनुसार थ्रेसर खरिद गर्न बजेट अपुग भएकाले २५ वटा मात्र पाइटल थ्रेसर वितरण गरिने कार्यालयले जनाएको छ । 

कार्यालयका कृषि प्रसार अधिकृत विजय मण्डलले गत वर्ष बजरमा पाइटल थ्रेसरको मूल्य ११ हजारको हाराहारीमा भए पनि अहिले मूल्य बढेर १४ हजार पुग्दा कार्यालयले छुट्याएको बजेटले २५ वटा मात्र पाइटल थ्रेसर वितरण गर्न लागिएको बताउनुभयो । 

किसानले समूह, संस्थागत तथा व्यक्तिगत निवेदनका आधारमा पनि पाइटल थ्रेसर खरिद गर्न सक्ने छन् । कृषि विकास कार्यालयको कृषि प्रसार कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानीमा पाइटल थ्रेसर खरिद गर्दा रु सात हजार तिर्नुपर्ने कार्यालयले जनाएको छ । 

सिन्धुलीको भौगोलिक हिसाबले टाढा मानिएका डुढभञ्ज्याङ, रत्नावती, महेन्द्रझ्याडी, डाँडीगुराँसे, शीतलपाटी, कुशेश्वर दुम्जा, पिपलमाढीलगायतका गाविसमा किसानले पाइटल थ्रेसर प्रयोग गरेका छन् । 

अहिलेसम्म कार्यालयले १५ वटा पाइटल थ्रेसर किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिसकेको छ । किसानले अन्यन्त्रबाट पनि पाइटल थ्रेसर खरिद गर्ने गरेको र अहिलेसम्म सिन्धुलीमा ७० भन्दा बढी किसानले पाइटल थ्रेसर प्रयोगमा आएको पाइएको छ । 

नयाँ प्रविधिले दाइँ गर्ने परम्परागत प्रणाली लोप हुँदै   

खेतबारीमै थ्रेसर मेसिन पुग्न थालेपछि किसान एकातिर हर्षित भएका छन् भने अर्कोतिर यसले ग्रामीण अर्थतन्त्रलाई सवल बनाएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । 

थ्रेसर मेसिन सडकको पहुँच पुग्ने स्थानमा सिन्धुलीमाडीदेखि ग्रामीण क्षेत्रमा पनि पुगेपछि गोरु लगाएर दाइँ गर्ने परम्परागत प्रणाली लोप हँुदै गएको छ । गोरुले ३–४ घन्टामा सिध्याउने दाइँ थ्रेसरले छिटो सक्ने भएकाले यसतर्फ आकर्षण बढेको रामहरि रोक्का बताउनुहुन्छ । थ्रेसरबाट धान बटुलेर घर लैजानुपर्ने झन्झटबाट मुक्ति पाई खेतमै दाइँ गर्न सजिलो भएको उहाँले बताउनुभयो । 

थ्रेसर मेसिन राख्नेले किसानको खेतमै गएर थोरै धान वा पैसामा धान चुटने गरेकाले यसबाट किसानको परिश्रमको बचत हुनुका साथै खर्चको समेत कम हुने गरेको किसानको भनाइ छ । 

गोरुको प्रयोग गर्दा धेरै खेताला लाग्ने र बढी खर्च हुने भएपछि किसान नयाँ प्रविधितिर आकर्षित हुन थालेका हुन् । गोरु र खेताला लगाएर धान दाइँ गर्दा बढी खर्चिलो भएपछि सिन्धुलीका किसान थ्रेसर मेसिनबाट धान चुटन आकर्षित भएका हुन् । 

कृषि क्षेत्रमा भित्रिएको आधुनिकीकरणसँगै बाली भित्र्याएर दाइँ गर्ने काममा मेसिनको प्रयोग बढ्न थालेपछि यसबाट किसानको समय र पैसासमेत बचत हुन थालेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो