२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भरतपुरमा सिटी बस भित्रियो

२०७३, ७ मंसिर मंगलवार ०८:३५

मङ्सिर ७, चितवन । भरतपुर उपमहानगरपालिकाको सहरी क्षेत्रमा अत्याधुनिक सुविधासहितको सिटी बस भित्रिएका छन् । 

‘ग्लोबल मेट्रो सिटी बस प्रालि’का नामबाट उपमहानगरपालिकाको सहरी क्षेत्रमा र गैँडाकोटको विजय चोकसम्म बस सञ्चालन गर्न लागिएको हो । कम्पनीका अध्यक्ष बद्री अधिकारीले २५ वटा बस सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । 

स्थानीय २५ जना व्यवसायीले कम्पनी दर्ता गरी भारतीय टाटा कम्पनीका २६ सिट क्षमताका बस आयात गरेका हुन् । एउटै ब्रान्डका ती बस उपमहानगरपालिकाको सहरी क्षेत्रमा रुट बनाएर नियमित सञ्चालनमा ल्याइने छ । 

रु आठ करोड ५० लाखको लागतमा बस आयात गरिएको अधिकारीले बताउनुभयो । बसका चालक र सहचालकलाई ट्राफिक प्रहरीका निरीक्षक, सहायक निरीक्षकले तालिम दिइरहेका छन् । बसका सबै सहचालक महिला रहेका छन् । मङ्सिर १९ गतेबाट भरतपुर उपमहानगरपालिका र गैँडाकोट क्षेत्रमा सिटी बसले सेवा सञ्चालन गर्ने छ । 

केन्द्रीय बस ट्रमिनल भरतपुर र पोखरा बसपार्क नारायणगढलाई मुख्य केन्द्र मानेर बस सञ्चालन गरिँदै छ । ती बसमा सिसी क्यामेरा, वाइफाई, मोबाइल चार्ज, स्थानीय उत्पादनको विज्ञापन गर्न मिल्नेगरी डिस्प्लेको सुविधा रहेको छ । बसमा ज्येष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क यात्राको व्यवस्था गरिने कम्पनीका अध्यक्ष अधिकारीले बताउनुभयो । 

विद्यार्थी, व्यवसायी र नियमित यात्रा गर्नेका लागि परिचय पत्रको समेत व्यवस्था गरिएको छ । मासिक रु ९०० तिरेपछि जति पटक बस चढे पनि अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरिएको छ । कम्पनीले धार्मिक पर्यटकीय क्षेत्र देवघाट, मौलाकालिका र गणेशस्थानलाई विशेष महत्व दिँदै मेला महोत्सवको समयमा ती क्षेत्रमा यातायात सुविधा प्रदान गर्ने जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो