Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कोषले सिंचाई कुलो बनाईदिएपछि तरकारी ब्यवसायी खुसी

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा | मङ्सिर २१, मुगु | मुगुको कार्कीबाडा गाविसको कालापाल्त गाउँमा सिचाई कुल निर्माण भएपछि स्थानीय तरकारी ब्यवसायी खुसि भएका छन् ।  गरिबी निबारण कोषको आर्थिक सहयोग र जनकल्याणको सामाजिक परिचालनमा सिचाई कुलो बनेको हो ।

कोषको १९ लाख आर्थिक सहयोगमा निर्माण गरिएको उक्त कुलो करिव २० रोपनी खेतीयोग्य जमिन र तरकारीबारीको लागि प्रयोग गरिने भएको छ । कुलोले गर्दा धान तरकारी उत्पादनमा टेवा पुग्ने भएको छ । उक्त सिचाई कुलोबाट कार्कीबाडा गाविसका करिव ३ सय परिवार लाभान्वित हुने गएका छन् । कुलो नहुँदा बांझिदै गएको कालापाल्त गाउँको जमिन अब पानीले उर्भरा बन्ने आशा गरेका छन् । सदरमुकाम भन्दा डेढ घण्टा टाढा रहेको कालापाल्तमा अन्नबाली भन्दा बिषेश गरि बन्दा, काउली, लसुन, प्याज, आजु, रायो, धनिया लगायत मौसमी तथा बेमौसमी तरकारी बढी उत्पादन हुने गरेको छ ।

हाम्रो आबश्यकता अनुशार कोषले सिचाई कुलो निर्माण गरि दिएपछि निकै खुशी भएको समुहकी अध्यक्ष तिउखुरी रावलले भनिन् ‘अब अनाज देखि तराकारी फलाउन सिचाई गर्न पाइने भयो’ ।

कालापाल्त गाउँका महिलाहरुको माग अनुशार कुलो बनेको कोषले जानकारी गराएको छ । कुलो निर्माणको लागि महिला समुह गठन गरि योजना स्वीकृत गरिएको कोष कार्यप्रबन्धक किर्ती खाताले बताए ।

कोषको दोश्रो चरण कार्यक्रम लागु भए लगत्तै कालापाल्तमा सिचाई कुलो बनेको छ । पहिलो चरणमा जिल्लामा कोषका ५ वटा साझेदारी संस्था रहेको दोश्रो चरणमा ३ वटा मात्र साझेदारी संस्था छनौट भएका छन् । लगानी अनुशार राम्रो प्रगति होस भन्ने हिसावले समुदायमा सिचाई कुलो निर्माण गरेको जनकल्याण संस्थाका अध्यक्ष पदमबहादुर रावलले बताए । अनुगमनमा जोड दिइएको उनको भनाई छ ।