२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जिर्ण बन्दै गहेको गमगढी बालै हुदै पिना जोड्ने सडक खुलाउने पहल भएन

२०७३, २६ मंसिर आईतवार ११:४०

नन्द बहादुर रोकाया, मंसिर २६, मुगु । मुगु सदरमुकाम गमगढी देखि बालै हुदै पिना गा बि स सम्म जोडिएकोे सडक खुलाउने पहल काही कतैबाट नहुदाँ सडक जिर्ण बन्नुका साथै ६ महिना देखि सडक बन्द अवस्थामा रहेको छ । हिउदँका महिनामा सामान्य जिप र ट्याक्टरहरु सञ्चालन हुने भएपनि बर्षातको सिजनमा यो सडक नियमित रुपमा अवरुद्ध हुने गरेको छ । ताल्चा बिमानस्थल कालोपत्र भएसगै पानीका नहर बुका खोलामा मिसाईएकाले पनी ताल्चा बिमानस्थल तल रहेको सडक खोलाले गर्दा खोला आसपासका सडक समेत कटान् गरेर सडक अबरुद्ध हुने गरेको कार्काीवाडा गा बि स का स्थानीय हिद्धय सिहं नेपालीले बताउनु भयो ।

उहाँका अनुसार ताल्चा बिमानस्थल कालोपत्रे भएसगै पानीका नहर बुका खोलाम मिसाईए पछी पहिलेका बर्ष हरुको तुलानामा यो वर्ष सडक धेरै कटान गरेकाले सडक यो बर्ष असार देखिनै बन्द भएको उहाँको भनाई रहेको छ । ।सडक विस्तार गरेर मात्रै छाड्ने र मर्मत सम्भार नगर्ने प्रवृतिले सर्वसाधारणले सास्ती खेपेको बताउँदै स्थानीय सरोकारवाला र सरकारी निकायले यसतर्फ ध्यान पु¥याउन आबश्यक रहेको बताउनुभयो । सडकको ट्रयाक खोलेको झण्डै ५बर्ष वित्यो । तर अझैपनि यस सडकखण्डमा सहज रुपमा यातायातका साधन गुड्न सक्दैनन् । मर्मत सम्मारको अभावमा सडक दिनप्रतिदिन जिर्ण र जोखिम पूर्ण बन्दै गएको छ ।

तिन गाविसबासी प्रत्येक्ष लाभाविन्त हुने यस सडक पछिल्लो समय  मर्मत सम्भारको अभावमा जिर्ण बन्दै गएपछि सडकखण्डमा गरिने यात्रा जोखिमपूर्ण बन्दै गएको छ । सदरमुकाम देखि ५ किलोमिटर अगाडि पिना गा बि स सम्म पुगेको सडकलाई वि.स. २०६८ सालमा   तिन गा बि स कार्काीवाडा, श्रीनगर र पिना  गा बि सको  कर्णाीली रोजगारको रकममा विस्तार गरि गमगढी बालै हुदै पिना सम्म पु¥याइएको श्रीनगर गा बि सका सचिव नन्द बहादुर मल्लले बताउनुभयो । सडक सञ्जाल विस्तार भएपछि स्थानीयलाई सदरमुकाम आवत जावत गर्न तथा दैनिक खाद्यान्न लगायतका सामाग्री ढुवानीमा सहज भएपनि सडकको स्तरोन्नती नहुँदा  असुरक्षित यात्राले स्थानीय हैरानीमा परेका सचिब मल्लको भनाई रहेको छ । सडक विस्तार भएको लामो समय भईसक्दा समेत सडकको मर्मत सम्भार र स्तरोन्नतीमा सरकार र जिल्ला स्थित राजनितीक नेतृत्वहरुको ध्यान नपुगेको स्थानीयले गुनासो गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी