राराको बिकासका लागी रारा पर्यटन बिकास गुरुयोजना निर्माण हुने

साझासवाल
2 Min Read

<p><b>नन्द बहादुर रोकाया, पुस १९, मुगु &nbsp;।</b> बिकासमा ओझल परेको नेपालको सबैभन्दा ठुलो ताल मुगको रारातालाको बिकासका लागीु बृहत रारा पर्यटन बिकास गुरु योजना निर्माण हुने भएको छ । स्थानिय बिकास अधिकारी बिजयराज पौडेलको अध्यक्षतामा भएको छलफलले राराको बिकासको लागी बिभिन्न निर्णयहरु समेत गरेको छ ।<img src="http://sajhasabal.com/uploads/posts/3cabe4898779d97d7a3ff5025165e0671483441871.jpg" style="width: 640px; float: left;"></p><p> रारा पर्यटन बिकास समितीको पहलमा भएको छलफलमा मुगुका प्रमुख जिल्ला अधिकारी केशवराज शर्मा सहित मुगु स्थित राजनितिक दलका प्रतिनिधीहरुले राराको बिकास तथा प्रवद्र्धनका लागी सबै एकजुट हुनुको बिकल्प नरहेको समेत बताएका छन् । आज भएको छलफलमा रारा ताल नजिकको एकमात्र मुर्मागाउँलाई मुगु जिल्लाकै नमुना पर्यटकिय गाउँका रुपमा निर्माण गर्नका लागी सबै सरोकारवालाहरुले जोड दिएका थिए ।</p><p> रारा पर्यटन बिकास समितीले मुर्मा गाउँबासीको दैनिकी परिवर्तनका लागी काम गरिरहेको हुदाँ मुर्मा सहित रारा वरपरका गाउँहरुमा होमस्टे सञ्चालन, स्थानिय उत्पादनको बजारिकरण तथा पर्यटन पुर्वाधार बिकासका लागी जिल्ला स्तर सहित सबै क्षेत्रबाट सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ ।</p><p> यसैबिच, रारा तालको प्रचार प्रसार तथा रारा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागी अन्तराष्ट्रिय स्तरको “रारा बृतचित्र” निर्माण गर्ने निर्णय समेत भएको छ । राराको बिकासका लागी आफुहरुले लामो समययता बिभिन्न क्रियाकलाप सञ्चालन गरिरहेकाले सबैको साथ रहेमा राराको पर्यटन प्रर्वद्धन तथा पुर्वाधार बिकास लागी आफुहरुको सक्रिता अझै बढाउन सकिने रारा पर्यटन बिकास समितीका अध्यक्ष देविकृष्ण रोकायाले बताउनुभयो । रारा पर्यटन बिकास समितीकै अगुवाईमा बिगत केही महिना यता प्रत्येक महिनाको दोस्रो शनिबार रारा बचाउँ अभियान अन्र्तगतराराको सरसफाई अभियान समेत सञ्चालन हुदै आएको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply