प्रज्वल पाैडेल । माघ ११, रामेछाप । रामेछापकाे सैपू गाविसस्थित कालीकादेवी अाधारभुत विद्यालयकाे नवनिर्मित ८ काेठे भवनकाे साेमबार एक कार्यक्रमका बिच हस्तान्तरण भएकाे छ । क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल । माघ ११, रामेछाप । रामेछापकाे सैपू गाविसस्थित कालीकादेवी अाधारभुत विद्यालयकाे नवनिर्मित ८ काेठे भवनकाे साेमबार एक कार्यक्रमका बिच हस्तान्तरण भएकाे छ । क"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालीकादेवी अाधारभुत विद्यालयकाे नवनिर्मित ८ काेठे भवन हस्तान्तरण

११ माघ २०७३, मंगलवार ०३:४०

प्रज्वल पाैडेल । माघ ११, रामेछाप । रामेछापकाे सैपू गाविसस्थित कालीकादेवी अाधारभुत विद्यालयकाे नवनिर्मित ८ काेठे भवनकाे साेमबार एक कार्यक्रमका बिच हस्तान्तरण भएकाे छ । करूणासेचेन युराेपकाे अार्थिक एवंम् स्तुपा एण्ड डेभलपमेन्टकाे प्राविधिक सहयाेगमा निर्मित साे भवनकाे चाबी संस्थाका प्रतिनिधि विरेन्द्र सिंहले विद्यालयका प्रधानाध्यापक खेमबहादुर पाैडेललाई हस्तान्तरण गर्नुभएकाे हाे । कार्यक्रममा सम्बाेधन गर्दै जिल्ला शिक्षा कार्यालय रामेछापका विनि मुकुन्द केशरी पाेख्रेलले भुकम्पबाट क्षतिग्रस्त सबै विद्यालय मर्मत, पूनर्निमाण गर्न सरकारले नसक्ने भएकाले विभिन्न गैह्रसरकारी संस्थालाई साझेदारीकाे रूपमा अगाडि बढाएकाे बताउनुभयाे । भवन निर्माण सम्पन्न गरेकाेमा संस्थालाई धन्यवाद दिदै उहाँले विद्यालयकाे शैक्षिक गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयाे ।

यस्तै करूणासेचनका प्रतिनिधि  वीरेन्द्र सिंहले भुकम्पबाट प्रभावित 

१२ वटा जिल्लाका १२ वटा गाविसमा निर्माण कार्य सुरू गरेकाे जानकारी दिनुभयाे । सैपुमा ८ काेठे भवन र शाैचालय अहिले निर्माण सम्पन्न गरेपनि विद्यालयलाई निरन्तररूपमा अावश्यकता अनुसार सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

यस्तै कार्यक्रममा बाेल्दै सैपुका समाजसेवी केशरबहादुर पाैडेलले ७२ हजार ५ सय ५ र कुभुँकास्थलीका जीतबहादुर कटुवालले ५१ हजार ५ सय ५ रूपैयाँ सहयाेग गरेकाे घाेषणा गर्नुभयाे ।

कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले विद्यालयकाे शैक्षिक सफलताकाे शुभकामना व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार राउतकाे सभाध्यक्ष भएको साे कार्यक्रममा विद्यालयलाई अार्थिक एवम् भाैतिक सहयाेग गर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह