प्रज्वल पाैडेल । माघ ११, रामेछाप । रामेछापकाे सैपू गाविसस्थित कालीकादेवी अाधारभुत विद्यालयकाे नवनिर्मित ८ काेठे भवनकाे साेमबार एक कार्यक्रमका बिच हस्तान्तरण भएकाे छ । क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल । माघ ११, रामेछाप । रामेछापकाे सैपू गाविसस्थित कालीकादेवी अाधारभुत विद्यालयकाे नवनिर्मित ८ काेठे भवनकाे साेमबार एक कार्यक्रमका बिच हस्तान्तरण भएकाे छ । क"/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालीकादेवी अाधारभुत विद्यालयकाे नवनिर्मित ८ काेठे भवन हस्तान्तरण

२०७३, ११ माघ मंगलवार ०३:४०

प्रज्वल पाैडेल । माघ ११, रामेछाप । रामेछापकाे सैपू गाविसस्थित कालीकादेवी अाधारभुत विद्यालयकाे नवनिर्मित ८ काेठे भवनकाे साेमबार एक कार्यक्रमका बिच हस्तान्तरण भएकाे छ । करूणासेचेन युराेपकाे अार्थिक एवंम् स्तुपा एण्ड डेभलपमेन्टकाे प्राविधिक सहयाेगमा निर्मित साे भवनकाे चाबी संस्थाका प्रतिनिधि विरेन्द्र सिंहले विद्यालयका प्रधानाध्यापक खेमबहादुर पाैडेललाई हस्तान्तरण गर्नुभएकाे हाे । कार्यक्रममा सम्बाेधन गर्दै जिल्ला शिक्षा कार्यालय रामेछापका विनि मुकुन्द केशरी पाेख्रेलले भुकम्पबाट क्षतिग्रस्त सबै विद्यालय मर्मत, पूनर्निमाण गर्न सरकारले नसक्ने भएकाले विभिन्न गैह्रसरकारी संस्थालाई साझेदारीकाे रूपमा अगाडि बढाएकाे बताउनुभयाे । भवन निर्माण सम्पन्न गरेकाेमा संस्थालाई धन्यवाद दिदै उहाँले विद्यालयकाे शैक्षिक गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयाे ।

यस्तै करूणासेचनका प्रतिनिधि  वीरेन्द्र सिंहले भुकम्पबाट प्रभावित 

१२ वटा जिल्लाका १२ वटा गाविसमा निर्माण कार्य सुरू गरेकाे जानकारी दिनुभयाे । सैपुमा ८ काेठे भवन र शाैचालय अहिले निर्माण सम्पन्न गरेपनि विद्यालयलाई निरन्तररूपमा अावश्यकता अनुसार सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

यस्तै कार्यक्रममा बाेल्दै सैपुका समाजसेवी केशरबहादुर पाैडेलले ७२ हजार ५ सय ५ र कुभुँकास्थलीका जीतबहादुर कटुवालले ५१ हजार ५ सय ५ रूपैयाँ सहयाेग गरेकाे घाेषणा गर्नुभयाे ।

कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले विद्यालयकाे शैक्षिक सफलताकाे शुभकामना व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार राउतकाे सभाध्यक्ष भएको साे कार्यक्रममा विद्यालयलाई अार्थिक एवम् भाैतिक सहयाेग गर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन