2026-09-08 05:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साढे १५ लाखको लागतमा मोटरबाटो निर्माण

माघ २०, सल्यान । सल्यानको त्रिवेणिमा निर्माण गरिएको १२ किलोमिटर भन्दा बढि मोटरबाटोको आज विहिबार उद्घाटन गरिएको छ । 

मोटरबाटोको व्यवस्थापिका संसद् अर्थ समितीका सभापती तथा सल्यान क्षेत्र नम्बर २ का सांसद् प्रकाश ज्वालाले उद्घाटन गरेका हुन् । सांसद् क्षेत्र विकास पूर्वाधार कार्यक्रमको १२ लाख, जिविस सल्यानको १ लाख र जनश्रमदान २ लाख ६६ हजार गरि १५ लाख ६६ हजारको लागतमा लुहाम–सिम्क मावि हुँदै सल्लेखोला ढोरचौर सम्म जोड्ने मोटरबाटो निर्माण भएको हो ।

बाटो उद्घाटन गर्दै सांसद् ज्वालाले निर्माण भएको मोटरबाटोको रेखदेख र संरक्षणमा उपभोक्ताहरु नै लाग्नुपर्ने धारणा राखे ।

एमालेका पोलिटव्युरो सदस्य समेत रहेका ज्वालाले भने– ‘गाउँमा उत्पादन भएका कृषि जन्य वस्तु बजार सम्म लगेर बेच्न र बजारबाट आबश्यक सामान ल्याउन मोटरबाटोले धेरै नै सजिलो पार्नेछ, अन्य विभिन्न फाइदा पनि बाटोले पु¥याउने छ, तर मोटरबाटोको मर्मत, संरक्षणमा स्थानीयले नै चासो राख्नुपर्छ ।’ साथै उनले गाउँ समाजको विकासमा सबै एकजुट हुनुपर्ने भन्दै पार्टिगत र व्यक्तिगत स्वार्थ भन्दा माथी उठ्नुपर्ने आवश्यकता औँल्याए ।

बटो निर्माण भएपछि त्रिवेणि गाविस भित्रका ५ सय २२ घरधुरि लाभान्वित भएको बाटो निर्माण उपभोक्ता समितीका अध्यक्ष प्रेम विकलले जनाएका छन् ।

गाउँमा कोहि विरामी परेमा अस्पताल सम्म लैजानका लागी एम्बुलेन्स गुड्ने बाटो नहुँदा सास्ती खेपेका त्रिवेणि बासिलाइ अब भने निकै सजिलो हुने स्थानीय युवा शुरेश बोहोराले जनाए । उनले भने– ‘गाउँमै गाडी गुडेको देख्ने हाम्रो चाहना पुरा भएको छ, यसका लागी माननिय सांसद् ज्यु, जिविस सल्यानलाइ हामी गाउँलेको तर्फबाट धेरै धेरै धन्यवाद छ ।’

उद्घाटन कार्यक्रममा विशिष्ट अतिथी पूर्व जिविस सभापति उदय बोहोरा, एमाले सल्यानका अध्यक्ष हरि केसी, उपाध्यक्ष गोविन्द पुन, एमाले प्रदेश नम्बर ६ का सदस्य लोक बहादुर डागी, जिल्ला सदस्यहरु रमेश कुमार गौतम, इश्वरि बुढाथोकी, बुद्धि केसी, एमाले त्रिवेणिकी अध्यक्ष पवित्रा केसी, शिक्षकहरु डिल्ली केसी, खिम बहादुर रावत लगाएतकाले मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ