2026-09-08 02:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुमा पहिलो पटक स्थानिय कृषि उत्पादन तथा खाध्य परिकार मेला हुने

नन्द बहादुर रोकाया/माघ २०, मुगु । मुगुमा पहिलो पटक कर्णालीको स्थानिय कृषि उत्पादन तथा खाध्य परिकार मेला हुने भएको छ ।

“प्रथम एैतिहासिक  कृषि प्रर्दशन मेलाम सहभागी होउ आधुनिक कृषि खेति सम्बन्धि ज्ञान सिप र प्रविधि सिकेर आउ” भन्ने मुल नाराका साथ आगामी फाल्गनु महिनाको ६ गतेबाट बाट स्थानिय कृषि उत्पादन तथा खाध्य परिकार मेला हुने भएको हो । 

नारि उत्थान तथा सचेतना केन्द्र मुगुको आयोजना तथा जिल्ला स्थित बिभिन्न गैह सरकारी सस्थाको सहयोगमा मेला हुने जनाईएको छ । मेला ६,७ र ८ गते तिन दिन सम्म सञ्चालन गरिने नारि उत्थान तथा सचेतना केन्द मुगुकी अध्यक्ष चेताना शाहीले बताउनुभयो । 

उहाँका अनुसार स्थानिय बालीहरुको परिकारको प्रवद्र्धनका लागी स्थानिय बाली प्रदर्शनी मेला हुने अध्यक्ष शाहीको भनाई छ । मेलामा मुगु जिल्लाका कृषक हरुलाई आपनो खेतबारीमा उब्जाएका खाध्य बस्तु धान,कोदो,जौ,उवा,गहुँ,फापर मास्या ,सिमी भटमास लगायतका तरकारी बाली ल्याई प्रर्दशन गर्न सकिने आयोजक सा्रेतले जनाएको छ । प्रर्दशनमा ल्याउनु पुर्व स्टल दर्ता गनुपर्ने भएकाले फागुन ३ गते सम्म नारि उत्थान तथा सचेतना केन्दमा सम्पक गरी स्टल दर्ता गराउन आग्रह समेत गरीएको छ । 

सहभागी कृषक हरुलाई मेलामा सहभागी भएका कृषि प्राविधिकले कृषि उत्पादनका बारेमा जानकारी गराउने भएको हुदा जिल्ला सम्मुण कृषक हरुलाई सहभागी भईदिन आग्रह गरिएको छ  । यसै बिच स्थानिय कृषि उत्पादन तथा खाध्य परिकार मेलाको अबसरमा बिभिन्न किसिमाका महिला देउडा झाँकी प्रर्दशन समेत गरीने भएको हुदाँ  ईच्छुक खेलाडीले टिम दर्ता गराउनपनी आग्रह गरीएको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता