माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले "/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

२०७३, २३ माघ आईतवार ०८:३५

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् ।

‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यसबारेमा राष्ट्र बैंकले परिपत्र जारी गर्दै,’ डेपुटी गभर्नर चिन्मणाी शिवाकोटीले भने । उनले नगद कारोबारभन्दा प्रणालीको प्रयोग गरेर गरिएको कारोबार बढी सुरक्षित हुने र भारतमा जस्तै नोटबन्दी गर्नुपर्ने अवस्था आएमा पनि समसया नहुने भएकोले साथमा पैसा राख्ने बानी हटाउन पनि सर्वसाधारणलाई आग्रह गरे ।

यसअघि ५० लाखभन्दा बढी रुपैयाँको कारोबार गर्दा मात्रै चेक मार्फत् हुनै पर्ने व्यवस्था रहेकोमा यो सीमा घटाएर ३० लाखमा झारिएको थियो । तर, केही दिनभित्र नै १० लाखभन्दा बढिको कारोबार गर्दा अनिवार्य चेक मार्फत् हुनुपर्ने व्यवस्था लागु हुने भएको हो ।

चेक मार्फत् कारोबार गर्ने सीमा घट्दा बैंकिङ प्रणालीमा पनि पुँजी भित्रिने अपेक्षा राष्ट्र बैंकको रहेको छ । अहिले पनि बैंकिङ प्रणाली बाहिर सर्वसाधारण, सहकारी लगायतको साथमा रहेको रकम ३ खर्बभन्दा धेरै छ । यता, बैंकिङ प्रणालीमा भने पुँजी नबढ्दा बैंकहरुले कर्जा लगानी योग्य रकमको अभाव झेल्दै आएका छन् ।

१ अर्बको भारतीय रुपैयाँ आउँदै

भारतीय नोटबन्दीपछि ५ सय र १ हजार बाहेकका अन्य दरका भारतीय नोट समेत सजिलै नपाइरहेको सर्वसाधारणले अब सजिलै भारु नोट पाउँने भएका छन् । राष्ट्र बैंकले केही समयभित्रमा नै १ अर्ब भारु भित्र्याउन लागेको समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस