माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले "/>
१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

२३ माघ २०७३, आईतवार ०८:३५

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् ।

‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यसबारेमा राष्ट्र बैंकले परिपत्र जारी गर्दै,’ डेपुटी गभर्नर चिन्मणाी शिवाकोटीले भने । उनले नगद कारोबारभन्दा प्रणालीको प्रयोग गरेर गरिएको कारोबार बढी सुरक्षित हुने र भारतमा जस्तै नोटबन्दी गर्नुपर्ने अवस्था आएमा पनि समसया नहुने भएकोले साथमा पैसा राख्ने बानी हटाउन पनि सर्वसाधारणलाई आग्रह गरे ।

यसअघि ५० लाखभन्दा बढी रुपैयाँको कारोबार गर्दा मात्रै चेक मार्फत् हुनै पर्ने व्यवस्था रहेकोमा यो सीमा घटाएर ३० लाखमा झारिएको थियो । तर, केही दिनभित्र नै १० लाखभन्दा बढिको कारोबार गर्दा अनिवार्य चेक मार्फत् हुनुपर्ने व्यवस्था लागु हुने भएको हो ।

चेक मार्फत् कारोबार गर्ने सीमा घट्दा बैंकिङ प्रणालीमा पनि पुँजी भित्रिने अपेक्षा राष्ट्र बैंकको रहेको छ । अहिले पनि बैंकिङ प्रणाली बाहिर सर्वसाधारण, सहकारी लगायतको साथमा रहेको रकम ३ खर्बभन्दा धेरै छ । यता, बैंकिङ प्रणालीमा भने पुँजी नबढ्दा बैंकहरुले कर्जा लगानी योग्य रकमको अभाव झेल्दै आएका छन् ।

१ अर्बको भारतीय रुपैयाँ आउँदै

भारतीय नोटबन्दीपछि ५ सय र १ हजार बाहेकका अन्य दरका भारतीय नोट समेत सजिलै नपाइरहेको सर्वसाधारणले अब सजिलै भारु नोट पाउँने भएका छन् । राष्ट्र बैंकले केही समयभित्रमा नै १ अर्ब भारु भित्र्याउन लागेको समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने