2026-09-08 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गमगढीदेखि रारासम्मको सडक कालोपत्रे गरिने

फागुन १३, मुगु । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सदरमुकाम गमगढी बजारदेखि ताल्चा विमानस्थल हुँदै रारातालसम्म पुग्ने १६ किमी मोटरबाटोको कालोपत्रे तत्काल सुरु गरिने प्रतिबद्घता व्यक्त गर्नुभएको छ । 

नेपाल दलित सङ्घ मुगुको पाँचौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उहाँले कर्णालीका दलित परिवारको आवास कार्यक्रमअन्तर्गत एक गाविसमा बन्ने १० घरलाई बढाएर २० घर बनाइने र गमगढी बजारलाई व्यवस्थित बनाउन योजना बनाइने जानकारी दिनुभयो । 

सहरी विकास मन्त्रालयअन्तर्गत कर्णालीमा गरिने विकासको गुणस्तर र कार्य सहजताका लागि पाँचवटै जिल्लामा इन्जिनियरसहितको सब युनिट राखिने पनि उहाँले जानकारी दिनुभयो । 

सदरमुकाम गमगढीबाट रारा तालसम्म पुग्ने १६ किमी सडक मात्र भए पनि ग्राभेल र कालोपत्रे भएमा पर्यटकलाई धेरै सहज हुने र तिनको सङ्ख्या दोब्बरले बढ्ने अपेक्षा गरिएको छ । गत वैशाखदेखि कात्तिक मसान्तसम्म रारा घुम्न २५ हजार बढी आन्तरिक पर्यटक आएको नेपाल पर्यटन बोर्डको अभिलेखले देखाएको छ । 

सो अवसरमा पूर्वशिक्षाराज्यमन्त्री हस्तबहादुर मल्लले मुगु जिल्लाका ग्रामीण क्षेत्रमा रहेका सोरुकोट, तारापानी, पुलु, छाइल, माझचौर र रातापानी क्षेत्रलाई सहरका रुपमा विकास गर्न मन्त्रीसँग आग्रह गर्नुभयो । 

नेपाल दलित सङ्घ मुगुका अध्यक्ष हर्क नेपालीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमपछि बन्दसत्र सुरु भएको छ । जिल्लाभरिका गाउँस्तरीय दलित सङ्घका सदस्य सहभागी भएको सो अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ