फागुन १९, काठमाडौँ | सरकारले आगामी बैशाख १५ गतेबाट देशका मुख्य सहरहरुमा केवल टिभीबाट च्यानल हेर्न नपाउने नीति लिएको छ ।

यो नीति अनुसार सरकारले पहिलो चर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १९, काठमाडौँ | सरकारले आगामी बैशाख १५ गतेबाट देशका मुख्य सहरहरुमा केवल टिभीबाट च्यानल हेर्न नपाउने नीति लिएको छ ।

यो नीति अनुसार सरकारले पहिलो चर"/>

२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैशाख १५ देखि केवल टिभीमा च्यानल नआउने

२०७३, १९ फाल्गुन बिहीबार ०२:५५

फागुन १९, काठमाडौँ | सरकारले आगामी बैशाख १५ गतेबाट देशका मुख्य सहरहरुमा केवल टिभीबाट च्यानल हेर्न नपाउने नीति लिएको छ ।

यो नीति अनुसार सरकारले पहिलो चरणमा बैशाख १५ देखि काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, पोखरा उपमहानगरपालिका र बिरगंज उपमहानगरपालिकामा एनालग केवलहरुलाई प्रतिस्थापन गरि डिजिटल सिग्नल अनिवार्य गरेको हो । 

यस अघि सूचना तथा संचार मन्त्रालयले केवल व्यवसायीहरूलाई बैशाख १५ भित्र डिजिटलमा जाने कार्ययोजना अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको थियो । सरकारले एक सूचना निकाल्दै आफै डिजिटलाइजेशन गर्ने अथवा अन्य डिजिटलाइजेशनमा रहेका अपरेटरहरूसँग आवद्ध भइ डिजिटलाइज सेवा दिने हो प्रष्ट पारी कार्ययोजना पेश गर्न निर्देशन दिएको थियो । 

तोकिएका स्थानहरुमा केवल टिभी वितरण गरेका कम्पनीहरुले नयाँ नीति अनुसार डिजिटल प्रणालीमा रूपान्तरण गर्दा अन्तराष्ट्रिय  मापदण्ड अनुसारको कण्डिसनल एसेस सिष्टम र सस्क्राइबर म्यानेजमेन्ट सिष्टमका साथै अन्य प्रविधि र उपकरणमा समेत अपग्रेड गर्नुपर्ने भएको छ । 

सरकारले सबै केबल अपरेटरहरूलाई २०७३ सालको बैशाख १६ गतेबाट  डिजिटल बनाउने घोषणा गरेको थियो । तर कुनै उपलब्धि गर्न सकेन  । यो पटकको सरकारले भने उक्त नीतिलाई कार्यान्वयनमै लैजाने अनिवार्य निती लिएको छ । योजना अनुसार तोकिएका स्थानहरुमा बैसाख १५ गतेदेखि डिजिटल सिग्नल निवार्य गरिने र त्यसका लागि सबै कम्पनीहरुलाई निर्देशन समेत दिईएको छ । 

योजना कार्यान्वयनमा जाँदा केवल टिभी चलाउंदै आएका ग्राहकहरुले सफा टिभी हेर्न सक्छन भने सरकारलाई समेत राजश्वमा वृद्धि हुनेछ । केवल टिभीमा ब्यबसायीहरुले गलत डाटा देखाई करोडौं रकम राजश्व छली गर्दै आएका छन् । अब डिजिटलमा जाँदा कुन कम्पनीले कति ग्राहकलाई टिभी सिग्नल वितरण गरेको छ भन्ने प्रबधि सहित स्पष्ट डाटा पाउने हुँदा कम्पनीहरुले राजश्व छली गर्न सक्दैनन् ।

…..

विदेशबाट टिभी ल्याउँदा कति इन्चलाई कति कर तिर्नु पर्छ ? थाहा पाउनुहोस्  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता