२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कृषि आधुनिकिकरण परियोजनाको बजेट सार्वजनिक (फोटोफिचर)

३० फाल्गुन २०७३, सोमबार १३:०८

टेक शाही/फागुन ३०, डोल्पा ।  प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको बजेट सार्वजानिक गरिएको छ । डोल्पा जिल्लामा आर्थिक बर्ष २०७३/०७४ मा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत १ करोड ६० लाख २२ हजार रुपैया बिनियोजन गरिएको छ । उक्त बजेट स्याउ र तरकारि खेतीका लागि बिनियोजन गरिएको हो । यस कार्यक्रम अनतरगत तरकारि खेतीका लागि कृषकले १०/१० हेक्टर तरकारि खेती गर्दै आएको जमिन हुनु पर्ने छ । त्यस्तै स्याउ खेतिको लागि १००/१०० हेक्टर स्याउ खेति गरेको जमिन हुनु पर्ने छ । 


प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत डोल्पा जिल्लामा स्याउ खेतिका लागि जुफाल, सूँ, रह, कालिका, नर्कु र सर्मि गाविस छनौटमा परेका छन भने तरकारि खेतिको लागि सूँ, जुफाल, दुनै, रह र माझफाल गाविस छनौटमा परेकाछन । पकेट ब्लक बिकास कार्यक्रम सँचालन कार्यबिधि २०७३ हनुसार ९ सदस्यीय ब्लक सँचालक समितिको गठन हुने छ ।


प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले तरकारीको लागि १० हेक्टर र स्याउको खेतिको लागि १०० हेक्टरको प्राबधानले डोल्पाका कृषकका लागि अन्याय गरेको सहभागिको गुनासो रहेको थियो । एकै क्षेत्रमा यति धेरै जग्गामा स्याउ लागउने नँगरको कारण यो हेक्टरको प्रबाधान न्यायसँगत नँभएको कृषकको गुनासो रहेको छ । 

डोल्पामा बिस्तारै बिकासले फड्को मार्दै गएको र फलफुल र तरकारि उत्पादनका हिसाबले डोल्पा जिल्ला अत्यन्त राम्रो देखिन्छ । जुफालको तरकारी कर्मचारि भने अनुसारको खान नँपाएको र जुफालका महिलाले डोकोमा तरकारी बोकेर बेच्ने गरेको देख्दा आफुलाइ दुख लागको र अब जुफालबाट तरकारीका डोका बोकेर पूरुष पनि दुनैमा तरकारी बेच्नमा लाग्नु पर्ने प्रमूख जिल्ला अधिकारि केशबराज आर्चायले बताउनु भयो । 


महिलालाइ धेरै भारि नँबोकाउ धेरै भारि बोकाएकै कारण उनिहरुको स्वास्थ्यमा समस्या आइ पाठ्यघर खस्ने लगायतका समस्या आउने गरेकोले अब पूरुषले पनि भारि बोक्नु पर्ने बताउनु भयो । 

डोल्पा जिल्लामा नराम्रो भएको काम र क्रियाकलाप सुधार गर्न राम्रो बनाउनको लागि आफु भएको र कुनै पनि निकायमा गलत काम गरेको फेला पारेमा आफुलाइ सुसूचित गारउन आग्रह गर्नु भयो । त्यसरि जानकारि दिएमा तत्काल कारवाहि गर्ने र सबै भन्दा पहिले आफु परिवर्तन हुन भन्दै सबैलाइ सुझाब दिनु भयो । 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको बार्षिक कार्यक्रम सावजानिकीकरण कार्यक्रममा जिल्लाका राजनितिक दलका प्रतिनिधि,सरोकारवाला निकायका पदाधिकारिहरु,जिल्लाका सँचारकार्मिहरु र जिल्लाका कृषकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 


डोल्पामा यस बर्ष राम्रा कार्यक्रम लागु भएका र जिल्लामा कार्यक्रम गर्ने बेलामा जिल्लाका कुनै पनि निकायमा जानकारि नँदिएर केन्द्रमा कार्यक्रमको योजना बनाउदा क्षेत्र र भुबाग सुहाउदो नहुने जिल्ला समन्वय समितिका सचिव सागर मिश्रले बताउनु भयो । 

डोल्पा जिल्ला लागयत कर्णालीका कुनै पनि जिल्लामा केन्द्रमा बनाएको आर्थिक क्यालेण्डर र केन्द्रले बनाएको योजनाले कर्णालीका कुनै पनि जिल्लाको बिकास नँहुने कृषकको दाबि रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि डोल्पामा साना कृषकहरुलाइ लाभ नँदिने र बिषेश कृषकलाइ पनि भने अनुसारको प्रतिफल दिनेमा आसाबादि नरहेको जिल्लाका राजनितिक दलको भनाइ रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला