२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तेह्रवटा मिनी पावर टिलर वितरण

१ चैत्र २०७३, मंगलवार ०३:२९

चैत १, इलाम । जिल्ला कृषि विकास कार्यालय इलामले सोमबार जिल्लाका विभिन्न क्षेत्रका सहकारी र कृषक समूहलाई यो वर्ष १३ वटा मिनीपावर टिलर वितरण गरेको छ । 

कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रमअनुसार विभिन्न समूह र सहकारीलाई यस्तो सहायता उपलब्ध गराएको कार्यालयका योजना अधिकृत प्रकाशमणि काफ्लेले जानकारी दिनुभयो । 

किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाई उत्पादन बढाउन विगत सालदेखि जिल्ला कृषि विकास कार्यालयले जिल्लाभर हालसम्म ७२ वटा मिनी पावर टिलर उपलब्ध गराइसकेको कार्यालयका प्रास उद्धव पौडेलले जानकारी दिनुभयो । यो वर्ष ११ हर्सपावर क्षमताका पावर टिलर श्रेष्ठ एग्री इन्पुट्स काठमाडौँबाट खरिद गरिएको कार्यालयले जनाएको छ । 

एउटा पावर टिलरको करिब रु ८४ हजार लागत रहेको र उक्त लागतको ५० प्रतिशत समूह र सहकारीले व्यहोरेका थिए । जिल्लाका किसानमा खेतबारी जोत्नका लागि यस किसिमका मिनी पावर टिलरको आकर्षण बढ्न थालेको छ । समूह र सहकारीले मिनी टिलर सञ्चालन गरी किसानलाई सेवा दिएर आन्तरिक आयआर्जनसमेत गर्ने गरेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला