२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

होली खेलेको रकमबाट शिक्षकलाई तलब

१ चैत्र २०७३, मंगलवार ०३:३४

चैत १, बैतडी । यो वर्षको होली सकिएसँगै बैतडीका अधिकांश विद्यालयले होली खेलेर जम्मा भएको रकम विद्यालय सञ्चालनमा खर्च गर्ने जनाएका छन् । धेरैजसो विद्यालय निजी स्रोतबाट सञ्चालन भइरहेकाले शिक्षकको तलबमा होलीबाट सङ्कलन भएको रकम खर्च गरिने विद्यालयले जनाएका छन् । 

सुनर्या गाउँपालिका–५ धुलिधारमा रहेको सिद्धनाथ निमाविले होली खेलेर रु ७५ हजार सङ्कलन गरेको विद्यालयका प्रधानाध्यापक गणेशदत्त अवस्थीले जानकारी दिनुभयो । 

यस्तै, दोगडाकेदार गाउँपालिकाको कफलकोटमा रहेको रौलेश्वर माविले होली खेलेर रु ८० हजार सङ्कलन गरेको र सबओभरसियर पढिरहेका विद्यार्थीको शैक्षिक भ्रमणमा खर्च गर्ने विद्यालयले तयारी गरेको स्थानीय बासिन्दा धनबहादुर भाटले जानकारी दिनुभयो । 

जिल्ला दैवीप्रकोप तथा उद्धार समितिले खेलाएको होलीबाट सो रकम सङ्कलन भएको छ । उक्त रकम विपद् जोखिम व्यवस्थापनमा खर्च गरिने सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले जानकारी दिनुभयो । 

यसैगरी, पाटन नगरपालिकाको वसन्तपुरमा रहेको त्रिपुरेश्वर माविले पनि होली खेली रु एक लाख १० हजार नगद सङ्कलन गरेको छ । सो रकम निजी स्रोतका शिक्षकको तलबभत्तामा खर्च गरिने विद्यालयका प्रधानाध्यापक नारायणसिंह ठगुन्नाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला