चैत २, काठमाडौं । फागुनको अन्तिम हप्तादेखि सुनचाँदीको भाउ लगातार घट्दै गएको छ ।
मंगलबार तोलामा ३ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार ६ सय रुपैयाँले घटेर तोलामा ५३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ७ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।