चैत ९, चिवन । सिम्रिक एयरले आजदेखि काठमाडौँ– भरतपुर–काठमाडौँका लागि उडान सुरु गरेको छ । 

बिहान ९:५५ मा काठमाडौँबाट भरतपुरका लागि उडेको सिम्रिकको न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ९, चिवन । सिम्रिक एयरले आजदेखि काठमाडौँ– भरतपुर–काठमाडौँका लागि उडान सुरु गरेको छ । 

बिहान ९:५५ मा काठमाडौँबाट भरतपुरका लागि उडेको सिम्रिकको न"/>

2026-08-31 05:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिम्रिकको काठमाडौँ–भरतपुर–काठमाडौँ उडान सुरु

चैत ९, चिवन । सिम्रिक एयरले आजदेखि काठमाडौँ– भरतपुर–काठमाडौँका लागि उडान सुरु गरेको छ । 

बिहान ९:५५ मा काठमाडौँबाट भरतपुरका लागि उडेको सिम्रिकको नाइन एन एजिआई विमान बिहान १०: २० मा भरतपुर विमानस्थलमा अवतरण भएको भरतपुर विमानस्थलका प्रमुख शिव शर्मा उपाध्यायले जानकारी दिनुभयो । सिम्रिकसँगै काठमाडौँ–भरतपुर–काठमाडौँ उडान भर्ने एयरलाइन्सको सङ्ख्या तीन पुगेको छ । 

सिम्रिकको १८ सिटको सो जहाजले १५ जना यात्रु ल्याएको थियो भने फर्कँदा आठ जना लिएर गएको छ । सिम्रिकका भरतपुर स्टेसन प्रमुख कुलराज शर्मा पौडेलले आजदेखि काठमाडौँ–भरतपुर–काठमाडौँ नियमित उडान गरिने बताउनुभयो । 

अन्य जहाजकै भाडादरमा एकतर्फी रु तीन हजार ५०० मा सिम्रिकले पनि उडान सुरु गरेको हो । भरतपुरबाट काठमाडौँका लागि दैनिक बुद्ध एयरले छ र यती एयरलाइन्सले तीन उडान गर्दै आएका छन् । 

नारायणगढ–मुग्लिन सडक खण्डमा मर्मतका कारण दिउँसो लामो समय बन्द हुने र सवारी जाम हुने भएपछि अधिकांश यात्रुले हवाई मार्ग प्रयोग गर्दै आएका छन् । विमानस्थलका प्रमुख उपाध्यायका अनुसार गत माघ १९–फागुन १७ गतेसम्म सात हजार सात सय ८२ जना हवाई मार्ग प्रयोग गरी काठमाडौँ गएका छन् । 

अघिल्लो वर्ष सोही समयमा तीन हजार सात सय ३४ जनाले मात्र हवाई मार्ग प्रयोग गरेका थिए । सिम्रिकले यात्रुको चाप निकै बढेपछि आफ्नो उडान भरतपुरमा सुरु गरेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने