चैत ९, रोल्पा । रोल्पाको जलजलामा शान्तिवाटिका तथा सहिद स्मारक निर्माण गर्नका लागि राष्ट्रिय सहिद तथा शान्ति पार्क (स्मारक) निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष सुद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ९, रोल्पा । रोल्पाको जलजलामा शान्तिवाटिका तथा सहिद स्मारक निर्माण गर्नका लागि राष्ट्रिय सहिद तथा शान्ति पार्क (स्मारक) निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष सुद"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहिद स्मारक निर्माण गर्न थबाङ र जलजलाको अनुगमन

९ चैत्र २०७३, बुधबार ०८:०४

चैत ९, रोल्पा । रोल्पाको जलजलामा शान्तिवाटिका तथा सहिद स्मारक निर्माण गर्नका लागि राष्ट्रिय सहिद तथा शान्ति पार्क (स्मारक) निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले यसै साता थबाङ हुँदै जलजलाको अवलोकन भ्रमण गर्नुभएको छ । 

सिग्देललाई नेपाली काँग्रेसका सांसद तथा पार्टी सभापति अमरसिंह पुनले विभिन्न स्थानको अनुगमनमा साथ दिनुभएको थियो । केन्द्रस्थित पार्क व्यवस्थापन समितिले देशका विभिन्न आन्दोलनका विभिन्न कालखण्डका महान सहिदको केन्द्रीय पार्कमा अभिलेख उतार गर्ने गर्दछ । 

यसरी अध्ययन तथा अनुगमनपश्चात् गुरुयोजनाले निर्दिष्ट गरेका महान् सहिदको अङ्ग्रेजी र नेपालीमा सहिद पिलर नामकरण गर्नाका साथै सङ्ग्रहालयमा सहिद तथा शान्तिसम्बन्धी जति पनि दस्तावेज छन् तिनलाई सङ्कलन गरी शान्ति अध्ययन केन्द्र निर्माण गर्नुपर्ने भएकाले अध्ययन तथा अनुगमनका लागि आफू रोल्पाको लिबाङ, थबाङ हुँदै जलजलासम्म पुगेको सिग्देलले जानकारी दिनुभयो । 

उहाँका अनुसार अन्य जिल्लाको तुलनामा रोल्पामा सहिद बढी भएको र शान्ति प्रक्रियामा रोल्पाको अहम् भूमिका भएको हुँदा शान्ति पार्क तथा सहिद स्मारक निर्माणका लागि पहिलो चरणमा रोल्पाको अध्ययन तथा अनुगमन गरिएको हो । 

जलजलालगायत जिल्लाका जुनसुकै उपयुक्त स्थानमा सहायक पार्क निर्माणका लागि जिल्लाका राजनीतिक दल, नागरिक समाज, सहिद परिवार तथा अन्य सरोकारवाला निकायसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम आगामी आवसम्म सम्पन्न गरी गुरुयोजना तयार पार्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत आवश्यक प्रक्रिया अगाडि बढाउने उहाँले जानकारी दिनुभयो । 

देशका सातवटै प्रदेशमा छुट्टाछुट्टै सहायक पार्क निर्माण गर्ने उद्देश्य रहेको भएपनि रोल्पाका सांसद अमरसिंह पुनले पटक पटक रोल्पाको जलजलालाई शान्तिवाटिका तथा सहिद स्मारक बनाउन प्रस्ताव गरेको हुँदा उहाँको सुझावअनुरुप पहिलो चरणमा अध्ययन तथा अनुगमनका लागि थबाङ हुँदै जलजला पुगेको सिग्देलले जानकारी दिनुभयो । 

रोल्पाको थबाङ हुँदै जलजलामा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सके यी स्थानलाई पर्यटकीय नगरका रुपमा विकास गर्न सकिने उहाँको धारणा छ । 

यस्तै, जलजला अत्यन्त सुन्दर तथा मनमोहक ठाउँ भएको हुँदा धार्मिक तथा पर्यटकीयस्थलका रुपमा चिनाउन सकिने उहाँले बताउनुभयो । साथै भौगोलिक बनौटका आधारमा पनि जलजला उच्च स्थानमा रहेको र यहाँ विभिन्न किसिमका जडीबुटी तथा वनस्पति पाइने भएको हुँदा पनि यसको संरक्षण र संवद्र्धनमा सबैको ध्यान जानुपर्नेमा उहाँको जोड छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव