दान बहादुर बुढा | मुगु जिल्ला सदरमुकाममा रहेको छायाँनाथ बचत तथा ऋण सहकारी सस्थाले ६० औ राष्टिय सहकारी दिवशको अबशरमा आयोजना गरेको ४ दिने वृहत स्वास्थ्य शिविर आज सम्पन्न भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा | मुगु जिल्ला सदरमुकाममा रहेको छायाँनाथ बचत तथा ऋण सहकारी सस्थाले ६० औ राष्टिय सहकारी दिवशको अबशरमा आयोजना गरेको ४ दिने वृहत स्वास्थ्य शिविर आज सम्पन्न भ"/>

२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छायाँनाथ सहकारीको सदस्य केन्द्रित स्वास्थ्य शिविरमा ४ हजार भन्दा बढिलाई चेकजांच

२०७३, १७ चैत्र बिहीबार १६:२६


दान बहादुर बुढा | मुगु जिल्ला सदरमुकाममा रहेको छायाँनाथ बचत तथा ऋण सहकारी सस्थाले ६० औ राष्टिय सहकारी दिवशको अबशरमा आयोजना गरेको ४ दिने वृहत स्वास्थ्य शिविर आज सम्पन्न भएको छ उक्त शिबिरमा ४ हजार भन्दाजनालाई चेक गरेका छन ।

छाँयानाथ साकोस र छाँयानाथ लघुवित्तले जिल्लामा रहेका आफना सदस्यहरु र जिल्ला बासीहरुलाई एकै चोटी आँखा बाहेकका सबै स्वास्थ्य जाँच गर्न वृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

चार दिने शिविरमा वृहत स्वास्थ्य शिविरमा १ दर्जन बढी चिकित्सकहरु संलग्न रहेका थिए । विभिन्न राजनैतिक दलका नेताहरु आगामी स्थानिय तह निर्वाचनमा आ आफना उम्मेदवारलाई जिताउन प्रचार प्रसारका लागी जिल्ला जिल्ला र गाँउ गाँउमा पुगीरहेका बेला काठमाडौका विभिन्न सुविधा सम्पन्न अस्पतालहरुका कार्यरत नाम चलेका १ दर्जन बढी डाक्टरहरु भने मुगु,जुम्ला र हुम्ला जिल्लाका गरिव,दुर्गम क्षेत्रका जनताको उपचारमा र स्वास्थ्य जाँचका लागी मुगु पुगेर उपचारमा व्यस्त रहेदा सर्व साधारणहरु खुशी भएका थिए । 

मुगु जिल्ला सदरमुकाम गमगढीमा गत सोमबारबाट शुरु भएको वृहत स्वास्थ्य शिविरमा विभिन्न विषयगत चिकित्सकहरु सहभागी भएका थिए । शिविरमा डा.पदमराज पन्त,डा.हिरा खड्का,डा.राजेन्द्र कुमार महतो,डा.शुनिल झा, डा.प्रदिपकृष्ण श्रेष्ठ, डा.प्रतिक कृष्ण श्रेष्ठ, डा.रामकृष्ण दाहाल,डा.शुभाष भट्ट, डा.विकासराज भण्डारी, डा.प्रभातसिंग राजपुत, डा.केपी सिंह, डा.हिरा मल्ल र डा.द्रिष्टिराज जोशी संलग्न रहेको थियो । दुर्गम तथा पिछडिएको क्षेत्रको जनताको उपचारमा सरिक चिकित्सकहरुलाई स्थानिय समाजसेवी एवं सहकारी अभियान्ता युवाहरु भुपेन्द्र बहादुर मल्ल,बासुदेवचन्द्र मल्ल,कमल बुढा,कविन्द्र मल्ल,लोग बहादुर भण्डारी,रमेश मल्ल र हरि बहादुर शाहीको टिमले हातमा हात मिलाएको  थियो ।

विगत बर्षहरुमा जिल्लामा विभिन्न शिविर हुने गरेपनि एकै क्षेत्रको उपचार हुने गथ्र्यो तर यो चोटीको शिविरमा जिल्ला मै पहिलो चोटी १ दर्जन भन्दा बढी विभिन्न क्षेत्रका नाम चलेका चिकित्सक संलग्न रहेको एकै ठाँउमा आँखा बाहेक सबै क्षेत्रको चेकजाच र उपचार हुने शिविर चलेकाले ठुलो सख्यामा जिल्लाका विकड बस्तिहरुबाट गरिब तथा विपन्न,आर्थीक अवस्था कमजोर भएका जनताहरु टाढा टाढाबाट आफनो स्वास्थ्य चेकजाँच गर्न ठुलो सख्यामा  शिविरमा आएका थिए । उपचारका लागी मुगु मात्र नभएर छिमेकी जिल्लाहरु हुम्ला,बाजुरा र जुम्लाबाट पनि सर्वसाधारण आएका छन ।

छाँयानाथ सहकारीले आगामी २० गते परेको ६० औ राष्टिय सहकारी दिवशको अवशर पारेर स्वस्थ सदस्य सबल सहकारी भन्ने नारा अनुरुप सदस्य केन्द्रित शिविरको आयोजना गरेपनि जिल्ला मै विशषज्ञ सेवा सहितको वृहत शिविर हुदा सदस्य बाहेक पनि सर्वसाधारण उपचार गर्न आएपछि सहभागी सबैको स्वास्थ्य जाँच गरिएको थियो ।

शिविरमा ४ हजार ६ सय ९६ जनाको स्वास्थ्य जाँच गराएका मध्य ११५० जना स्त्रीरोग,९८५ साधारण चेकजाँच,६३१ हाडजोर्नी,४७८ नाक कान घाटी,५१२ चिरफार सर्जरी,४४२ दम छाती,३८५ दाँत र मुटु ८३ जना रहेको शिविरका टोलीका प्रमुख प्रोफेसर डाक्टर केपी सिंहले बताउनु भयो । 

कम्तिमा ५० जनाको पाठेघर तथा अन्य अप्रेसन गर्ने गरि औषधी र अन्य उपकरण साथमा लिएर आएपनि जिल्ला अस्पताल मुगुमा वेड नहुदा १२ जनाको मात्र अपे्रसन गरेको जसमा ८ जना महिलाको पाठेघर र ४ जना अन्य विरामीको रहेको पनि डा पन्थले बताउनु भयो ।

चेक गराउन आएका मानिस मध्य ९० प्रतिशत महिला रहेको र अधिकांश महिलामा पाठेघर समस्या रहेको चेकजाँचका क्रममा पाईएको टोली प्रमुख सिंहले बताउनु भयो ।

शिविर आयोजक छायाँनाथ साकोसका अध्यक्ष भुपेन्द्र बहादुर मल्ल भन्छन  जनता स्वस्थ रहे देश स्वस्थ रहन्छ त्यसैले ६० औ सहकारी दिवशको अवशर पारेर मुगु जस्तो गरिब,विपन्न,आर्थीक पहुच नभएर रोग दवाएर बसेका जनतालाई सेवा दिने उदेश्यले र त्यसमा पनि मुगाली महिलाहरुमा पाठेघर सम्वन्धि समास्या बढी रहेको तत्थ्याक सरकारी तथा गैर सरकारी संघ सस्थाले देखाएकाले र ति पिडितहरुले उपचार गर्न सक्ने आर्थीक अबस्था नरहेकाले जिल्लामा त्यस्ता पिडितलाई निशुल्क उपचार गर्न वृहत स्वास्थ्य शिविरको योजना लिएर शिक्षण अस्पताल महाराजगंजमा पुगेर प्रस्ताव राख्दा चिकित्सकहरुले स्विकार गर्दा यो शिविरको आयोजना गर्न सकेका हौ । 

काठमाडौमा दिने सेवा तथा डाक्टरको हातबाट जिल्ला मै उपचार गराउन पाउदा आफुहरु जस्ता गरिव खुशी भएको सोरुगाँउ कालिका जिमा गाँउका अजकली भट्ट भन्छिन ।

शिविरमा आङ्ग खस्ने,प्रसुती,मुटु(दम,छाती)नाक,कान,घाटी,हार्डजोर्नी,छाला र दाँत सम्वन्धि रोगको उपचार तथा सल्यक्रिया सेवा दिईएको थियो भने शिविरको आयोजना छायाँनाथ बचत तथा ऋण सहकारी सस्था,छायाँनाथ लघुवित्त र सगरमाथा फाउण्डेसनले र शिक्षण अस्पताल महाराजगंज,हेल्थ केयर अमेरिका र कोक्याप नेपालले प्राविधिक सहयोग गरेका थिए ।

मुगु जिल्लामा लघुवित्त शुरु गर्ने पहिलो छाँयानाथ सहकारीले गत बर्ष ५९ औ राष्टिय सहकारी दिवशको अबशरमा वित्तिय साक्षरता सम्वन्धि जनचेतना फैलाउन समुह केन्द्रित देउडा खेल खेलाएको सहकारीले यो बर्ष ६० औ राष्टिय सहकारी दिवशको अवसरमा सदस्य केन्द्रित वृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । छायानाथ सहकारीका मुगुका गाँउ गाँउसम्म ३०० बढी स्वावलम्बन केन्द्रहरु रहेका छन । २०७१ सालमा स्थापना भएको यो सहकारीका ६ हजार बढी सदस्यहरु रहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ