चैत १९, गोरखा । कुन गाउँ हुँदै सडक खन्ने भन्ने विवादले विगत एक महिनादेखि रोकिएको बारपाक–लाप्राक– गुम्दा–माछाखोला–तिब्बत सडक अन्तर्गत गुम्दा हुँदै माछाखोला खण्डमा नया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १९, गोरखा । कुन गाउँ हुँदै सडक खन्ने भन्ने विवादले विगत एक महिनादेखि रोकिएको बारपाक–लाप्राक– गुम्दा–माछाखोला–तिब्बत सडक अन्तर्गत गुम्दा हुँदै माछाखोला खण्डमा नया"/>
2026-10-26 08:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुम्दा-माछाखोला–तिब्बत सडकको विवाद मिल्यो

चैत १९, गोरखा । कुन गाउँ हुँदै सडक खन्ने भन्ने विवादले विगत एक महिनादेखि रोकिएको बारपाक–लाप्राक– गुम्दा–माछाखोला–तिब्बत सडक अन्तर्गत गुम्दा हुँदै माछाखोला खण्डमा नयाँ ट्र्याक खन्ने काम छिट्टै सुरु हुने भएको छ । 

धार्चे गाउँपालिका– ५ स्थित यमगाउँ र लप्सीबोटमध्ये कुन गाउँबाट सडक निर्माण गर्ने भन्ने विवाद हुँदा सडक निर्माण अघि बढेको थिएन । जुन गाउँबाट सडक खनेपनि लप्सीबोटवासीकै खेतीयोग्य जमिन कटान हुने भएपछि सडकको ट्र्याक परिवर्तन गरी लप्सीबोट गाउँ हुँदै खन्न लप्सीबोटवासीले आग्रह गरेका थिए । 

प्राविधिक अध्ययनले लप्सीबोट तर्फबाट सडक खन्दा पहिरोको जोखिम र धेरै घुम्तीपर्ने देखिएपछि यम गाउँमुनि हुँदै सडक खन्ने प्रक्रिया अघि बढेको थियो । चण्डिकाङ डाँडाबाट दुई किलोमिटर नयाँ ट्र्याक खनेपछि पहिरोको जोखिममा यमगाउँ पर्ने भन्दै यम गाउँवासीले सडक खन्न रोक लगाएका थिए । 

गोरखा–बारपाक–लाप्राक–गुम्दा हुँदै माछाखोला झर्ने र बेनिघाट– आरुघाट– सोती–लापुगाउँ हुँदै माछाखोला पुग्ने रिङरोड सडक निर्माणलाई तीव्रता दिने योजनासाथ बर्सेनि बजेट परेपनि यो वा त्यो बाहनामा गुम्दा–माछाखोला सडकमा नयाँ ट्र्याक खन्न सकिएको छैन । 

सोतीदेखि माछाखोला जोड्ने नयाँ ट्र्याक खन्ने काम भने नेपाली सेनाले अघि बढाएको छ । सांसद छमबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी उपरीक्षक जनकराज पाण्डे, प्रहरी नायब उपरीक्षकद्वय राजेन्द्र श्रेष्ठ, जीतबहादुर घले, जिल्लास्थित एघार किलो सडक आयोजना कार्यालयका प्राविधिक, निर्माण व्यवसायी, यमगाउँ र लप्सीबोटवासीका स्थानीयवासीबीच शुक्रबार लप्सीबोटमा आयोजित छलफलमा पहिरोको जोखिम नरहने गरी यमगाउँबाटै सडक निर्माण गर्ने सहमति जुटेको हो । 

प्रजिअ बस्नेतले भन्नुभयो, ‘यमगाउँमुनि सडक खन्दा पहिरोको थप जोखिममा गाउँ पर्ने यमगाउँबासीलाई डर रहेछ । अहिले खनिएको सडकको अन्तिम बिन्दुबाट १५० मिटर नयाँ ट्रयाक खनेर घुम्ती बनाउँदै लप्सीबोटमुनिको फाँटमा सडक निकाल्ने गरी सहमति बन्यो ।’ यमगाउँमुनि सडक खन्न पहिरो झरेमा रोकथामका लागि सहयोग गर्ने प्रजिअको भनाइ छ । 

गुम्दा–माछाखोला सडक निर्माण गर्दा लप्सीबोटका सोमबहादुर गुरुङको पाँच ठाउँमा बारी परेपछि केही बिबाद भएको थियो । जंगलतर्फ सडकको ट्रयाक नखनी लालपूर्जा भएको जग्गामा मात्रै खनिएको भन्दै गुरुङले सडक खन्न रोक्ने चेतावनी दिएका थिए । 

स्थानीयबीच बिबाद हुँदा सडक बनाउन गएको डोजर तीन पटकसम्म फर्काउनुपरेको थियो । जिल्लास्थित एघारकिलो सडक आयोजनाका प्राबिधिक बालकृष्ण गौतमका अनुसार यमगाउँ तर्फबाट सडकको ट्रयाक खन्ने काम सुरु हुँदैछ । उहाँले भन्नुभयो, ‘लप्सीबोटबासीले आफ्नो गाउँबाट सडक खन्नुपर्ने माग गरेपनि कमजोर भुबनावटले गर्दा लप्सीबोटबाट सडक खन्न सकेनौं । यमगाउँ तल हुँदै कुवा जोगाएर सडक ट्रयाक खुलाउने सहमति बनेको छ ।’ 

गुम्दाबाट माछाखोलासम्म करिब १३ किलोमिटर नयाँ ट्रयाक खन्नुपर्ने छ । यो सडकखण्ड खुलाउन रु. ९४ लाख बजेट परेको थियो । ट्रयाक खुलाउने जिम्मा थेगिम कन्स्ट्रक्सनले पाएको छ । अब करिब चार किमी ट्रयाक खुलाउन पुग्ने बजेट बाँकी रहेको जिल्लास्थित सडक कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने