२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मकवानपुरगढीमा ४० करोडको गुरुयोजना

२०७३, २४ चैत्र बिहीबार ०७:०३

चैत २४, हेटौँडा । ऐतिहासिक तथा पुरातात्विक महत्वको मकवानपुरगढी दरबार जीर्ण भएपछि रु ४० करोडको लागतमा पुनःनिर्माण गर्ने गुरुयोजना तयार गरिएको छ । 

नेपालको एकीकरणका क्रममा महत्वपूर्ण योगदान गरेको मकवानपुरगढी ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । विसं १२५८ मा सेनवंशी राजाको शासनकालमा निर्माण गरिएको मकवानपुरगढीमा तामाङ र मगरको संस्कृति झल्कने सङ्ग्रहालयसमेत राखिने भएको छ । 

बहुवर्षीय योजना सञ्चालन गरी विकास गर्न लागिएको मकवानपुरगढी हेटौँडाको मुख्यचोकबाट १७ किलोमिटर पूर्वमा रहेको छ । तत्कालिन राजा महेन्द्रले आफैँले जिप हाँकेर २०१६ सालमा उद्घाटन गरेको कान्तिराजपथसँग जोडिएको मकवानपुरगढीमा रहेका दरबार तथा अन्य संरचना जीर्ण भएका छन् । 

मकवानपुरगढी पर्यटन विकास समन्वय समितिका सचिव केदारप्रसाद न्यौपानेका अनुसार मकवानपुरगढीको नक्सा तयार पारेर पुरातत्व विभागलाई बुझाइसकेको बताउनुभयो । पुरानो संरचनामा परिवर्तन नआउने गरी दुईवटा दरबार, किल्ला, सङ्ग्रहालय, मन्दिर, होटेल, भ्युटावर, वनभोज स्थल, बगैँचा, मुलढोका निर्माण गरिने छ । 

गुरुयोजनामा रु १२ करोड ९४ लाखमा किल्ला, रु आठ करोड १० लाखमा दरबार, रु ४५ लाखमा सङ्ग्रहालय, रु ८० लाखमा बगैँचा निर्माण गर्न प्रस्ताव गरिएको छ । त्यस्तै रु ८१ लाखमा छवटा वनजोज स्थल, रु एक करोडमा खानेपानी व्यवस्थापन गर्ने र एक करोड ६८ लाखमा वंशीगोपाल, सिद्धेश्वर महादेव र गणेशको मन्दिर निर्माण गरिने भएको छ । गढी दरबारको मूलढोका निर्माणमा रु २८ लाख खर्च गर्ने गुरुयोजना तयार गरिएको छ । 

समितिले तीन वर्षअघि छलफल अघि बढाएर गुरुयोजना तयार गरेको हो । मकवानपुरमा तामाङ बाहुल्यता रहेकाले तामाङ जातिको ऐतिहासिक संस्कृति झल्कने सामग्री सङ्ग्रहालयमा राखिने प्रस्ताव गरिएको छ । गढी सङ्ग्रहालयमा देशभरका गढीको इतिहास, फोटो र पुरातात्विक वस्तु राखिने गुरुयोजनामा उल्लेख छ । 

गढी दरबार, किल्ला र मूलढोका निर्माण गर्दा ऐतिहासिक स्वरुप र संरचना नमेटिने किसिमले निर्माण गरिने छ । समुद्री सतहबाट एक हजार १९ मिटर उचाइमा रहेको मकवानपुरगढीमा रहेको तोपलगायतका सामग्री द्वन्द्वकालमा हराएको थियो । गढीबाट दृश्यावलोकन गर्न भ्यूटावर निर्माण गरिने छ । 

मकवानपुर राज्यको विसं १६१० मा राजधानी मकवानपुरगढीमा स्थापना गरिएको थियो । सेन राजाको थलोको निशाना मेट्ने कार्य भने विसं १८१९ मा भएको थियो । गढी दरबारमा रहेको शिलालेखमा मकवानपुर राज्यको बारेमा सबै कुरा समेटिएको छ । मकवानपुर राज्यको पहिलो राजा लुहाङ सेन थिए । राघवनरेन्द्र सेन, हरिहरइन्द्र सेन, शुभ सेन, माणिक सेन हँुदै हेमकर्ण सेनको पालामा आएर गोरखाका राजा पृथ्वीनारायण शाहसँग सम्बन्ध गाँसिएको इतिहासमा उल्लेख छ । 

हेमकर्ण सेनले आफ्नो छोरी गोर्खाका राजा पृथ्वीनारायण शाहसँग विवाह गराइदिएका थिए । मकवानपुरे सेन वंशका अन्तिम राजा दिग्वन्धन सेन थिए । लडाइँमा केहरसिंह बस्नेत र वंशराज पाण्डेको नेतृत्वमा युद्ध हुँदा विसं १८१९ भदौ ९ गते शनिबार गोर्खाली फौजका एकसय जना र चार सय मकवानपुरे सिपाहीले वीरगति प्राप्त गरेको यहाँ रहेको शिलालेखमा उल्लेख छ । 

पराजित भएर मकवानपुरे राजा दिग्वन्धन सेन, उनका परिवार र उनका मन्त्री कनकसिंह बानियासमेत भाग्ने क्रममा हेटौँडाबाट ठोरी पुगेका थिए । मकवानपुरगढी किल्लाकै कारण १२औँ शताब्दीमा सो ठाउँको नाम मकवानपुर रहन गएको किंवदन्ती पाइन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी