विमल धामी | बैशाख ५,  बेल्डाँडी | कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा बन्न लागेको कालोपत्रे हप्तादिन नवित्दै भत्किन थालेको छ । निर्माण कम्पनीले लार्प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी | बैशाख ५,  बेल्डाँडी | कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा बन्न लागेको कालोपत्रे हप्तादिन नवित्दै भत्किन थालेको छ । निर्माण कम्पनीले लार्प"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेल्डाँडी सडक कालोपत्रे गरेको हप्तादिनमै स्वाहा

२०७४, ५ बैशाख मंगलवार १६:३७

विमल धामी | बैशाख ५,  बेल्डाँडी | कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा बन्न लागेको कालोपत्रे हप्तादिन नवित्दै भत्किन थालेको छ । निर्माण कम्पनीले लार्पबाही र गुणस्तरहिन काम गर्दा कालोपत्रे गरेको हप्तादिनमै सडक भत्किन थालेको हो । 

बेल्डाँडी ग्रामीण क्षेत्र भएकोले निर्माण कार्यमा लार्पबाही गरेको स्थानीयले आरोप लगाएका छन् ।   कालोपत्रे भएको सडकमा साइकल स्टेण्ड गर्ने बित्तिकै साइकल त्यही गाभिने गरेको गरेको बेल्डाँडीका स्थानीय सन्देश पाण्डेले बताए ।  उनका अनुसार निर्माणका लार्पबाही हुँदा कालोपत्रे हप्तादिनमै भत्किएको छ । 

‘खाली खुट्टाको कुर्कुचाले हान्दा भत्किदैछ, ‘उनले भने, ‘यस्तो कमसल खाले काममा अनियमिता भएको हुनुपर्छ ।’ 

बेल्डाँडीका स्थानीयले समाजिक संजाल फेसबुक मार्फत कालोपत्रे भत्किन थालेपछी ब्यापक बिरोध गरेका छन् । बल्ल सरकारले गाउँको विकासका लागि ल्याएको बजेट कर्मचारी, ठेकेदार सबै मिलेर अनियमिता गरेको स्थानीयको आरोप छ । स्थानीयले कार्बाहीका लागि कहिकतै नगएर समाजिक संञ्जाल फेसबुक मार्फत आफ्ना गुनासा पोख्दै कालोपत्रे भत्किएको फोटाहरु सार्वजनिक गरेका छन् ।  स्थानीय युवा यज्ञ भट्ट, जयसिह कुवर, धर्मराज जोशी लगायतका स्थानीय युवाहरुले सडक कालोपत्रे भएपनि सडक भत्किन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । स्थानीय यज्ञराज भट्टले सडक कालोपत्रे निर्माण प्रकृयामा अनियमिता 

भएको आरोप लगाए । स्थानीयहरुले कालोपत्रेको काममा अनियमिता भएको भन्दै छानबिन गर्न माग अघि सारेका छन् । गाउँको विकासमा यसरी नाङगो रुपमा अनियमिता हुँदा समेत सरोकारवाला निकाय चुप लागेर बसेको स्थानीयहरुको गुनासो छ । 

 बेल्डाँडी गाउँपालिकाले आफुलाई इन्जनियर नभएकाले बेदकोट बाट इन्जनियर मगाएर काम गरेको थियो । बेदकोट नगरपालिका बाट आएका इन्जिनियर अतिश शाहीले काम स्टमेट अनुसार काम भएको दावी गरेका छन् । तर अहिले गर्मी मौसम भएकाले सेट हुन समय लाग्ने बताए । ‘कालोपत्रे गरेको सडक सेट हुन नपाएको बेला ठुला गाडी हाक्नाले समस्या देखिएको हो, ‘उनले भने, ‘सडक सेट हुनदिनु पर्छ ।’  बेल्डाँडी गाउँपालिकाका अधिकृत धर्मराज जोशीले आफु लाई कालोपत्रेका  बारेमा थाहा नभएको र यस्तो अवस्था देख्दा आफुलाई पनि नराम्रो लागेको बताए । कार्यकारी अधिकृत जोशीले ठेकेदारलाई सोधपुछ गरेर काम गुणस्तरिय बनाउन निर्देशन दिने बताए । बेल्डाँडी गाउँपालिकाले चालु आर्थिक बर्षमा बेल्डाँडी बजारदेखि गाउँपालिका कार्यालयसम्म झण्डै हजार मिटर सडक कालोपत्रे गरिरहेको छ । स्थानीयले कालोपत्रे भएको सडक अनुगमन गरेर पुनः सुधारका लागि माग समेत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस