विमल धामी | बैशाख ५,  बेल्डाँडी | कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा बन्न लागेको कालोपत्रे हप्तादिन नवित्दै भत्किन थालेको छ । निर्माण कम्पनीले लार्प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी | बैशाख ५,  बेल्डाँडी | कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा बन्न लागेको कालोपत्रे हप्तादिन नवित्दै भत्किन थालेको छ । निर्माण कम्पनीले लार्प"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेल्डाँडी सडक कालोपत्रे गरेको हप्तादिनमै स्वाहा

५ बैशाख २०७४, मंगलवार १६:३७

विमल धामी | बैशाख ५,  बेल्डाँडी | कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा बन्न लागेको कालोपत्रे हप्तादिन नवित्दै भत्किन थालेको छ । निर्माण कम्पनीले लार्पबाही र गुणस्तरहिन काम गर्दा कालोपत्रे गरेको हप्तादिनमै सडक भत्किन थालेको हो । 

बेल्डाँडी ग्रामीण क्षेत्र भएकोले निर्माण कार्यमा लार्पबाही गरेको स्थानीयले आरोप लगाएका छन् ।   कालोपत्रे भएको सडकमा साइकल स्टेण्ड गर्ने बित्तिकै साइकल त्यही गाभिने गरेको गरेको बेल्डाँडीका स्थानीय सन्देश पाण्डेले बताए ।  उनका अनुसार निर्माणका लार्पबाही हुँदा कालोपत्रे हप्तादिनमै भत्किएको छ । 

‘खाली खुट्टाको कुर्कुचाले हान्दा भत्किदैछ, ‘उनले भने, ‘यस्तो कमसल खाले काममा अनियमिता भएको हुनुपर्छ ।’ 

बेल्डाँडीका स्थानीयले समाजिक संजाल फेसबुक मार्फत कालोपत्रे भत्किन थालेपछी ब्यापक बिरोध गरेका छन् । बल्ल सरकारले गाउँको विकासका लागि ल्याएको बजेट कर्मचारी, ठेकेदार सबै मिलेर अनियमिता गरेको स्थानीयको आरोप छ । स्थानीयले कार्बाहीका लागि कहिकतै नगएर समाजिक संञ्जाल फेसबुक मार्फत आफ्ना गुनासा पोख्दै कालोपत्रे भत्किएको फोटाहरु सार्वजनिक गरेका छन् ।  स्थानीय युवा यज्ञ भट्ट, जयसिह कुवर, धर्मराज जोशी लगायतका स्थानीय युवाहरुले सडक कालोपत्रे भएपनि सडक भत्किन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । स्थानीय यज्ञराज भट्टले सडक कालोपत्रे निर्माण प्रकृयामा अनियमिता 

भएको आरोप लगाए । स्थानीयहरुले कालोपत्रेको काममा अनियमिता भएको भन्दै छानबिन गर्न माग अघि सारेका छन् । गाउँको विकासमा यसरी नाङगो रुपमा अनियमिता हुँदा समेत सरोकारवाला निकाय चुप लागेर बसेको स्थानीयहरुको गुनासो छ । 

 बेल्डाँडी गाउँपालिकाले आफुलाई इन्जनियर नभएकाले बेदकोट बाट इन्जनियर मगाएर काम गरेको थियो । बेदकोट नगरपालिका बाट आएका इन्जिनियर अतिश शाहीले काम स्टमेट अनुसार काम भएको दावी गरेका छन् । तर अहिले गर्मी मौसम भएकाले सेट हुन समय लाग्ने बताए । ‘कालोपत्रे गरेको सडक सेट हुन नपाएको बेला ठुला गाडी हाक्नाले समस्या देखिएको हो, ‘उनले भने, ‘सडक सेट हुनदिनु पर्छ ।’  बेल्डाँडी गाउँपालिकाका अधिकृत धर्मराज जोशीले आफु लाई कालोपत्रेका  बारेमा थाहा नभएको र यस्तो अवस्था देख्दा आफुलाई पनि नराम्रो लागेको बताए । कार्यकारी अधिकृत जोशीले ठेकेदारलाई सोधपुछ गरेर काम गुणस्तरिय बनाउन निर्देशन दिने बताए । बेल्डाँडी गाउँपालिकाले चालु आर्थिक बर्षमा बेल्डाँडी बजारदेखि गाउँपालिका कार्यालयसम्म झण्डै हजार मिटर सडक कालोपत्रे गरिरहेको छ । स्थानीयले कालोपत्रे भएको सडक अनुगमन गरेर पुनः सुधारका लागि माग समेत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’