बैशाख-६, कास्की | कैलाश विकास बैंकको पोखरा लामाचौर शाखाका म्यानेजर रविचन्द्र खनाल करोडौं रुपैयाँ झ्वाम पारेर बेपत्ता भएका छन् । करोडौं रकम हिनामिना गरेर ब्रान्च म्यानेज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख-६, कास्की | कैलाश विकास बैंकको पोखरा लामाचौर शाखाका म्यानेजर रविचन्द्र खनाल करोडौं रुपैयाँ झ्वाम पारेर बेपत्ता भएका छन् । करोडौं रकम हिनामिना गरेर ब्रान्च म्यानेज"/>
२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कैलाश विकास बैंकका शाखा म्यानेजरद्वारा करोडौं झ्वाम पारेर बेपत्ता

२०७४, ६ बैशाख बुधबार ०१:१६

बैशाख-६, कास्की | कैलाश विकास बैंकको पोखरा लामाचौर शाखाका म्यानेजर रविचन्द्र खनाल करोडौं रुपैयाँ झ्वाम पारेर बेपत्ता भएका छन् । करोडौं रकम हिनामिना गरेर ब्रान्च म्यानेजर खनाल बेपत्ता भएपछि उनको खोजी गर्न बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मा उजुरी दिएको छ ।

प्रारम्भिक अनुमान अनुसार बैंकको लामाचौर ब्रान्चमा उनले करिब २ करोड रुपैयाँ हिनामिना गरेको देखिएको बैंकका स्रोतले जानकारी दियो । ‘चैत ३१ गते साँझ साढे ७ बजेसम्म खनाल कार्यालयमै भएको भएको, तर बैशाख १ गते अरु साथीहरुलाई बैंकको चाबी पठाएर उनी बेपत्ता भएका छन्,’ बैंक स्रोतका भनाई छ।

बैंकले बैशाख ३ गते नै केन्द्रीय कार्यालयबाट अडिट टोली पठाएर सो शाखाको लेखापरीक्षण सुरु गरिसकेको छ । टोलीले अबको केही दिनभित्रमा प्रतिबेदन बुझाउने र त्यसपछि मात्रै ठगीको यकिन बिबरण आउने छ । बैशाख १ गते सार्बजनिक बिदा र २ गने शनिवार परेका कारण बैंकले खनालको ठगी ३ गते मात्रै थाहा भएको थियो । बैंकले यस्तो जानकारी पाउने वित्तिकै सीआइबीमा उजुरी दिइएको छ ।

बैंकले अभियुक्त खनालको घरजग्गा रोक्का गरिसकेको छ । खनालले केही सहकारी संस्था र दर्जनभन्दा बढी सर्वसाधारणसँग पनि मोटो रकम उठाएको भन्दै उजुरी परेको छ । जसअनुसार उनले १० करोड रुपैयाँको हाराहारीमा ठगी गरेको हुनसक्ने अनुमान गरिएको छ । सीआइबीकी प्रवक्ता मिरा चौधरीले बैंकले करोडौ ठगेर खनाल बेपत्ता भएको उजुरी दिएको र सीआइबीले खोजिरहेको जानकारी दिइन् ।

‘बैंकले पोखराको लामाचौर शाखा प्रबन्धक रविचन्द्र खनाल बेपत्ता भएको भन्दै खोजी गरिदिन निवेदन दिएको छ, हामी खोजिरहेका छौं, अहिलेसम्म भेटिएको छैन,’ प्रवक्ता चौधरीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ