बैशाख ६, पोखरा । कैलाश विकास बैंकको पोखरा लामाचौर शाखाका म्यानेजर रविचन्द्र खनाल करोडौं रुपैयाँ झ्वाम पारेर बेपत्ता भएका छन् । 

करोडौं रकम हि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ६, पोखरा । कैलाश विकास बैंकको पोखरा लामाचौर शाखाका म्यानेजर रविचन्द्र खनाल करोडौं रुपैयाँ झ्वाम पारेर बेपत्ता भएका छन् । 

करोडौं रकम हि"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कैलाश विकास बैंक लामाचौर शाखाका म्यानेजर करोडौं रुपैयाँ झ्वाम पारेर बेपत्ता

६ बैशाख २०७४, बुधबार ०६:२५


बैशाख ६, पोखरा । कैलाश विकास बैंकको पोखरा लामाचौर शाखाका म्यानेजर रविचन्द्र खनाल करोडौं रुपैयाँ झ्वाम पारेर बेपत्ता भएका छन् । 

करोडौं रकम हिनामिना गरेर ब्रान्च म्यानेजर खनाल बेपत्ता भएपछि उनको खोजी गर्न बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी० मा उजुरी दिएको छ । प्रारम्भिक अनुमान अनुसार बैंकको लामाचौर ब्रान्चमा उनले करिब २ करोड रुपैयाँ हिनामिना गरेको देखिएको बैंकका स्रोतले जानकारी दियो । ‘चैत ३१ गते साँझ साढे ७ बजेसम्म खनाल कार्यालयमै भएको भएको, तर बैशाख १ गते अरु साथीहरुलाई बैंकको चाबी पठाएर उनी बेपत्ता भएका छन्,’ बैंक स्रोतका भनाई छ।

बैंकले बैशाख ३ गते नै केन्द्रीय कार्यालयबाट अडिट टोली पठाएर सो शाखाको लेखापरीक्षण सुरु गरिसकेको छ । टोलीले अबको केही दिनभित्रमा प्रतिबेदन बुझाउने र त्यसपछि मात्रै ठगीको यकिन बिबरण आउने छ । बैशाख १ गते सार्बजनिक बिदा र २ गने शनिवार परेका कारण बैंकले खनालको ठगी ३ गते मात्रै थाहा भएको थियो । बैंकले यस्तो जानकारी पाउने वित्तिकै सीआइबीमा उजुरी दिइएको छ ।

बैंकले अभियुक्त खनालको घरजग्गा रोक्का गरिसकेको छ । खनालले केही सहकारी संस्था र दर्जनभन्दा बढी सर्वसाधारणसँग पनि मोटो रकम उठाएको भन्दै उजुरी परेको छ । जसअनुसार उनले १० करोड रुपैयाँको हाराहारीमा ठगी गरेको हुनसक्ने अनुमान गरिएको छ । सीआइबीकी प्रवक्ता मिरा चौधरीले बैंकले करोडौ ठगेर खनाल बेपत्ता भएको उजुरी दिएको र सीआइबीले खोजिरहेको जानकारी दिइन् ।

‘बैंकले पोखराको लामाचौर शाखा प्रबन्धक रविचन्द्र खनाल बेपत्ता भएको भन्दै खोजी गरिदिन निवेदन दिएको छ, हामी खोजिरहेका छौं, अहिलेसम्म भेटिएको छैन,’ प्रवक्ता चौधरीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ