आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साझासवाल

काठमाडौँ | आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। सोमबार सुन तोलामा ५०० रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस अघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १९८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Leave a Comment

Leave a Reply