२७ कार्तिक २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड संकलन

२३ आश्विन २०८१, बुधबार १३:०५

काठमाडौं । सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ। कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै रकम वृद्धि भएको हो । पछिल्लो समय आठ अर्ब ६३ करोड ११ लाख रुपैयाँ योगदान रकम थप भएको कोषले जनाएको हो ।

कोषमा योगदान रकम संकलन हुने क्रममा चालू आर्थिक वर्ष २०८१।८२ को भदौ–असोज तेस्रो सातासम्म कोषको खातामा योगदान रकमबापत ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ संकलन भएको हो ।

गत आर्थिक वर्ष २०८०।८१ असार तेस्रो सातासम्म कोषमा योगदानबापत ५७ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ संकलन भएको थियो। समीक्षा अवधिमा १६ लाख ८१ हजार एक सय ९२ जना योगदानकर्ताहरू कोषमा सूचीकृत भएको प्रवक्ता विवेक पन्थीले जानकारी दिए।

२०७५ मंसिर ११ देखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ देखि योगदान रकम संकलनको थालनी गरेकोमा हालसम्म उक्त रकम संकलन भएको उनको भनाइ छ ।

औपचारिक, अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषमा आबद्ध गराउने रणनीतिका कारण पनि कोष सफल हुँदै गएको दाबी गरिएको छ ।

त्यस्तै, कोषले भदौदेखि सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई पनि सूचीकृत गर्ने भएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा देशभरको मौसम सफा रहने पूर्वानुमान सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र