2026-10-11 08:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति?

काठमाडौँ | नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गर्दै महँगो हुँदै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ ३ सय रुपैयाँले बढेको हो। दसैंयता हरेक दिन सुनको भाउ बढिरहेको छ। सोमबार सुन प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

दसैं बिदा अघि असोज २३ गते सुनको मूल्य १ लाख ५९ हजार १ सय रुपैयाँ थियो। दसैं बिदापछि असोज २९ गते पहिलो दिन सुनको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको थियो। त्यसपछि, सुनको भाउमा लगातार वृद्धि हुँदै आएको छ। असोज ३० गते १ लाख ६१ हजार ८ सय, कात्तिक १ गते १ लाख ६२ हजार ४ सय, कात्तिक २ गते १ लाख ६४ हजार ४ सय र कात्तिक ४ गते १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार थप महँगो भएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सोमबार चाँदी प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो, जुन आइतबारको तुलनामा २० रुपैयाँले बढी हो। आइतबार चाँदीको मूल्य २ हजार ७५ रुपैयाँ थियो।

मुख्यत: अमेरिकी बजारले सुनको मूल्य निर्धारणमा प्रभुत्व राख्ने गरेको छ भने भारतीय बजारले पनि यसमा ठूलो प्रभाव पारिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध