2026-10-11 08:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, २ दिनमा ४० लाखको कारोबार

काठमाडौं । ललितपुरको जावलाखेल मैदानमा जारी १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको दोस्रो दिनसम्म १६ हजार ७ सय जनाले अवलोकन गरेका छन् । दुई दिनमा ४० लाखको कारोबार भएको जनाइएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा बिहीबारदेखि सुरू भएको मेलामा पहिलो दिन ६ हजार ९ सय जनाले अवलोकन गरेका थिए । पहिलो दिनमा १५ लाखको कारोबार भएको एसोसिएसनले जनाएको छ ।

दोस्रो दिन अर्थात आज ९ हजार ८ सय जनाले अवलोकन गर्दा २५ लाख रुपैयाँ बराबरको कारोबार भएको एसोसिएसनका संयोजक जेबी तामाङले जानकारी दिए ।

चार दिनसम्म चल्ने मेलामा ४० हजार बढीले प्रत्यक्ष अवलोकन तथा एक करोडभन्दा बढीको व्यवसायीक कारोबार हुने आयोजकको प्रक्षेपण छ ।

पुष्प व्यवसाय प्रवर्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि प्रदर्शनी आयोजना गरिएको हो ।

नजिकै आइरहेको तिहार पर्व तथा छठलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गरिएको फ्लोरीकल्चर एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष मिनबहादुर तामाङले बताए ।

विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा ९मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ० मा प्रतिस्पर्धा गराइएको छ ।

कुनै समय नेपालमा सौखका रूपमा मात्रै प्रयोग गरिने फूल खेती पछिल्लो समय व्यवसायिक ढंगले फस्टाउँदै गएको छ। फूल खेतीबाट आत्मनिर्भर बन्न सकिने सम्भावनाले नयाँ व्यवसायीहरू यस क्षेत्रमा आकर्षित भइरहेका छन् ।

व्यवसायिक फुल खेतीतर्फको यो रुचि र लगानीले यस उद्योगलाई थप विस्तार गर्ने संकेत गरेको छ । नेपालमा वि।सं। २०११ बाट सामान्य स्तरमा सुरू भएको पुष्प व्यवसाय, शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरू लगायतका अन्य क्षेत्रमा समेत फैलदो अवस्थामा रहेको छ ।

हाल ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिरहेका छन् भने १ हजार १७४ भन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रहेको यस व्यवसायमा ८ अर्ब ८३ करोड भन्दा बढीको लगानी रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध