2026-10-11 08:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री सुरु गर्ने भएको छ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले कात्तिक १३ र १४ गते सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो ।

बैंकले सुनको असर्फी २.५ ग्राम प्रति व्यक्ति एक थानका दर मंगलबार १ दिन मात्र विहान ११ बजे देखि मौज्दात कायम रहेमा मध्यान्न ४ः०० बजेसम्म बिक्री गरिने जनाएको छ ।

त्यस्तै,बैंकका अनुसार चाँदीको स्मारिका तथा मेडालियन भोलिदेखि १४ गते सम्म विहान ११ बजे देखि मध्यान्न ४ः०० बजेसम्म प्रतिव्यक्ति बढिमा पाँच थानसम्म खरिद गर्न सकिने छ । जसमा गाई अंकित २५ ग्राम गाई अकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अकित १० ग्राम र गजलक्ष्मी अकित १० ग्राम मध्येवाट) विक्री गरिने छ ।

असर्फी, चाँदीका स्मारिका र मेडालियन खरिदका लागि अनिवार्य रुपमा सक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपिसहित उपस्थित हुनु पर्नेछ ।

असर्फी तथा मेडालियन खरीदको लागि नगद तथा क्यूआर मार्फत भुक्तानी गर्न सकिनेछ । यस्तै चाँदीको मेडालियन सिक्का पनि १२५ ग्राम र १० ग्रामको रहेको राष्ट्र बैंकले जनाएको छ ।

२५ ग्रामको सिक्कामा गाईको चित्र अंकित रहेको छ । यस्तै १० ग्रामको सिक्कामा भने गाई, लक्ष्मी, गणेश, र गजलक्ष्मी अंकित रहेको छ । २५ ग्रामको चाँदीको सिक्काको मूल्य ४ हजार र १० ग्रामको सिक्काको १ हजार ६०० रुपैयाँ मूल्य तोकिएको बैंकले जनाएको छ ।

१९ देखि २४ कात्तिकसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म उक्त सिक्का खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध