Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च!

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ तोकेको छ ।

आज सुन प्रतितोला १४ सय रूपैयाँले बढेको हो । यसअघि शुक्रबार सुन १ लाख ६६ हजार रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ । शुक्रबार तोलामा २ हजार ७० रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले बढेर २ हजार ८५ रूपैयाँमा कारोवार भइरहेको छ ।