Skip to content
Friday, July 17, 2026 Nepali Online Media

आज एकैदिन २ हजार ८ सयले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला दुई हजार ८ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २ सयमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि कात्तिक १५ गते छापावाला सुन प्रतितोला १ लाख ७१ हजारमा कारोबार भएको थियो जुन अहिलेसम्मकै महँगो हो ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला २१ रुपैयाँले घटेको छ । चाँदीको मूल्य दुई हजार ३० तोकेको छ ।