2026-10-11 07:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

होम लोन लिनेको संख्या बढ्यो

काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबारमा सुधार आएको देखिएको छ । व्यक्तिगत आवास कर्जा अर्थात होम लोन लिनेहरुको संख्यामा देखिएको बृद्धिले कारोबारमा सुधार आएको संकेत देखिएको हो ।

चालू आर्थिक वर्षको भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवास शीर्षकमा कुल तीन खर्ब ९३ अर्ब ६० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

जुन गत आर्थिक वर्षको भदौ मसान्तसम्मको तुलनामा २८ अर्ब ४० करोड रुपैयाँले बढी हो। गत वर्ष भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवासका लागि तीन खर्ब ६५ अर्ब २० करोड १० लाख रुपैयाँ ऋण उपलब्ध गराएका थिए।

गत भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ५२ खर्ब २३ अर्ब २० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको पनि तथ्यांकमा उल्लेख छ । जुन एक वर्षअघिको तुलनामा तीन खर्ब १६ अर्ब दुई करोड ७० लाख रुपैयाँले बढी हो।

गत भदौ मसान्तसम्म वाणिज्य बैंकहरूले मात्र कुल ४६ खर्ब १८ अर्ब एक करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई खर्ब ७४ अर्ब ३७ करोड ६० लाख रुपैयाँ बढी हो।

विकास बैंकहरुले भने पछिल्लो अवधिमा व्यक्तिगत आवास शीर्षकमा कुल ६२ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन। जुन गत आवको सोही अवधिको तुलनामा दुई अर्ब ८४ करोड ९० लाख रुपैयाँले बढी हो।

गत वर्ष भदौ मसान्तसम्म विकास बैंकहरुले व्यक्तिगत आवास शीर्षकमा मात्र कुल ५९ अर्ब ५५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध